बिहीबार, जेठ २८, २०८३

३९ प्रतिशतले घट्यो खाद्यान्न आयात

तथ्यांकअनुसार पाँच महिनामा २० अर्ब ३१ करोड १७ लाख ७ हजार बराबरको खाद्यान्न आयात भएको छ, जबकि गत वर्ष सोही अवधिमा ३३ अर्ब ९४ करोड २७ लाख ५८ हजार बराबरको खाद्यान्न आयात भएको थियो।
 |  मंगलबार, पुस १२, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १२, २०७९

काठमाडौं– अघिल्लो आर्थिक वर्षको पाँच महिना (साउन–मंसिर)को तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा खाद्यान्न आयात ३९ प्रतिशतले घटेको भन्सार विभागको पछिल्लो तथ्यांकले देखाएको छ। तथ्यांकअनुसार पाँच महिनामा २० अर्ब ३१ करोड १७ लाख ७ हजार बराबरको खाद्यान्न (धान, मकै, गहुँ, चामल, जौ, कोदो) आयात भएको हो। 

National life

गत वर्ष सोही अवधिमा ३३ अर्ब ९४ करोड २७ लाख ५८ हजार बराबरको खाद्यान्न आयात भएको थियो। भारतले धान र गहुँको आयातमा प्रतिबन्ध लगाएका कारण आयात कमी आएको हो। सोही अवधिमा सबैभन्दा धेरै चामल आयात भएको छ। नेपालमै उत्पादन गर्न सक्ने पर्याप्त सम्भावना भए पनि स्थानीय उत्पादनले माग धान्न नसक्दा ठूलो परिणाममा खाद्यान्न आयात हुने गरेको छ। 

पाँच महिने अवधिमा ७ अर्ब २९ करोड ४० लाख ६ हजार बराबरको ३० करोड ९७ लाख २ हजार ८५९ केजी चामल आयात भएको छ। सो अवधिमा सात अर्ब २५ करोड ३० लाख ४१ हजार बराबरको मकै आयात भएको छ। यस्तै, ६५ करोड ७३ लाख २ हजार बराबरको गहुँ आयात भएको छ। 

सोही अवधिमा ५९ करोड ९ लाख ५९ हजार बराबरको धान आयात भएको विभागको तथ्यांक छ। पाँच महिनामा ३९ करोड ४१ लाख ६१ हजार बराबरको जौ आयात भएको छ। यसैगरी १ करोड १५ लाखको कोदो, ४२ लाखको चिनु र १७ हजार बराबरको जुनेलो आयात भएको विभागको तथ्यांकमा उल्लेख छ। 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकअनुसार आव २०७७/७८ मा साढे लाख हेक्टर क्षेत्रफलमा २९ लाख ९७ हजार ७३३ मेट्रिक टन मकै उत्पादन भएको थियो । 

Shivam cement

पाँच महिनामा सबैभन्दा धेरै मकै भारतबाट ६ अर्ब ७६ करोड २७ लाख बराबरको १६ करोड ८४ लाख केजी मकै आयात भएको छ। यस्तै, दक्षिण अफ्रिकाबाट ९ करोड १३ लाख, अमेरिकाबाट ५८ लाख, मलेसियाबाट ३३ लाख  र अर्जेन्टिनाबाट २० लाख बराबरको मकै आयात भएको विभागको छ।

प्रकाशित: Dec 27, 2022| 11:02 मंगलबार, पुस १२, २०७९
प्रतिक्रिया दिनुहोस्