सोमबार, साउन १२, २०८२

धनुषामा मोटरसाइकल चोरीमा संलग्न एक जना पक्राउ

जनकपुरमा मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा एक युवक पक्राउ परेका छन्।
 |  मंगलबार, पुस १२, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १२, २०७९

vianetvianet

जनकपुरधाम- जनकपुरमा मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा महोत्तरीको बलवा नगरपालिका वडा नम्बर ३ का २१ वर्षीय निरज साह रहेका छन्।

जनकपुरको हस्पिटल रोडमा प्रदेश २–०२–००३ प ४८१४ नम्बरको पल्सर मोटरसाइकल चोरी गर्दै गर्दा पक्राउ गरेको जानकी प्रहरी चोकीले जनाएको छ।

प्रहरीका अनुसार सो मोटरसाइकल जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ६ बस्ने तुल्सी साहको रहेको छ। पक्राउ परेका युवकलाई जानकी प्रहरी चोकीले आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय धनुषामा बुझाएको छ।

प्रकाशित: Dec 27, 2022| 08:43 मंगलबार, पुस १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।