शुक्रबार, वैशाख २५, २०८३

कर्णाली र सुदूरपश्चिमका हिमाली जिल्लामा उडान थप

नेपाल वायुसेवा निगमले कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली जिल्लामा उडान थप गरेको छ।
 |  मंगलबार, पुस १२, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १२, २०७९

हुम्ला- नेपाल वायुसेवा निगमले कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली जिल्लामा उडान थप गरेको छ। निगमले कर्णालीका चार र सुदूरपश्चिमको एक गरी पाँच जिल्लामा उडान थप गरेको हो। 

National life

निगमको क्षेत्रीय केन्द्र नेपालगञ्जका क्षेत्रीय प्रबन्धक किरणमान श्रेष्ठले यात्रुको चाप वृद्धि र भरपर्दो सडक यातायात नभएका कारण उडान थप्नुपरेको बताए। 

हुम्ला जिल्ला हालसम्म सडक यातायात नजोडिएको जिल्ला हो। हुम्लाको सिमकोटमा सातामा दुई उडान भइरहेकामा एक उडान थप गरिएको छ। सिमकोटका लागि आइतबार, सोमबार र मङ्गलबार उडान हुनेछ। अन्य चार जिल्लामा सातामा एक उडान भइरहेकामा अब दुई उडान हुनेछन्। 

नेपालगञ्जबाट जुम्ला सोमबार र मङ्गलबार, मुगुको ताल्चा आइतबार र मङ्गलबार, डोल्पाको जुफालमा सोमबार र बुधबार तथा बाजुराको कोल्टी विमानस्थलमा सोमबार र बुधबार उडान हुने श्रेष्ठले जानकारी दिए। 

यसअघि निगमको जहाज हप्तामा एक रात नेपालगञ्जमा रहँदै आएकोमा अहिले भने तीन दिन बस्दै आएको छ।

प्रकाशित: Dec 27, 2022| 08:10 मंगलबार, पुस १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।