शुक्रबार, वैशाख २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव, कस्तो रहला आजको मौसम?

नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव, कस्तो रहला आजको मौसम?

आज प्रदेश १, गण्डकी र सुदूरपश्चिमका पहाडी भूभागमा आंशिक बदली रहने र तराईका जिल्लामा हुस्सु कुहिरो लाग्ने विभागको भनाइ छ।
 |  मंगलबार, पुस १२, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १२, २०७९

काठमाडौं- आज पनि देशभर पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव कायमै रहेकाले केही स्थानमा आंशिक बदली हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज प्रदेश १, गण्डकी र सुदूरपश्चिमका पहाडी भूभागमा आंशिक बदली रहने र तराईका जिल्लामा हुस्सु कुहिरो लाग्ने विभागको भनाइ छ।

National life

विभागका अनुसार आज मंगलबार कर्णाली र सुदूरपश्चिम प्रदेशसहित अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी ठाउँमा मौसम सफा रहने छ। उच्च पहाडी भूभागमा हल्का हिमपात जारी रहने छ। 

त्यस्तै, भोलि बुधबार पनि प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने र प्रदेश १ को उच्च पहाडी भूभागमा हिमपात हुनेछ। 

सोहीअनुसार १४ गते बिहीबार दिउँसो देशभर आंशिक बदली रहने छ। विभागका अनुसार प्रदेश १ को हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। पछिल्लो २४ घण्टामा हिमाली भूभाग, पहाडी भूभागमा चिसो कायमै रहने र तराईका जिल्लामा हुस्सु र कुहिरोका कारण चिसो अत्यधिक बढ्ने भन्दै विभागले विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। 

आज राति काठमाडौं उपत्यकामा अत्यधिक जाडो महुशस गरिएको छ। राति काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियसमा झरेको विभागले जनाएको छ। यो अहिलेसम्मकै न्यूनतम तापक्रम हो। 

त्यस्तै, जिरीको न्यूनतम तापक्रम माइनस २ डिग्री सेल्सियसमा पुगेको छ। त्यस्तै, जुम्लाको माइनस ४ र जोमसोमको न्यूनतम तापक्रम माइनस ६ मा झरेको विभागले जनाएको छ।ब

प्रकाशित: Dec 27, 2022| 07:01 मंगलबार, पुस १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।