बिहीबार, जेठ २८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नयाँ प्रधानमन्त्रीलाई सेयर बजारको स्वागत, नेप्सेमा ५६.८६ अंकको उछाल

नयाँ प्रधानमन्त्रीलाई सेयर बजारको स्वागत, नेप्सेमा ५६.८६ अंकको उछाल

साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा उछाल आएको छ। नयाँ प्रधानमन्त्री नियुक्ति र नयाँ अर्थमन्त्रीको चर्चासँगै बजारले ५६.८६ अंकको छलाङ मारेको हो।
 |  सोमबार, पुस ११, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, पुस ११, २०७९

काठमाडौं– साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा उछाल आएको छ। नयाँ प्रधानमन्त्री नियुक्ति र नयाँ अर्थमन्त्रीको चर्चासँगै बजारले ५६.८६ अंकको छलाङ मारेको हो।

National life

यसअघि एमाले नेता विष्णु पौडेल अर्थमन्त्री हुँदा बजारले उच्च अंकको रेकर्ड बनाएको थियो र अहिले पनि उनै पौडेल अर्थमन्त्री बन्ने चर्चा छ। यही चर्चाबीच बजार उकालो लागेको हो।   

सोमबार परिसूचक मात्रै नभई कारोबार रकम पनि पछिल्ला दिनको तुलनामा बढेको छ। धेरैपछि सेयर कारोबार रकम २ अर्ब नाघेको छ। सोमबार २ अर्ब ९ करोडको कारोबार भयो। अन्यबाहेक सबै उपसमूहमा हरियाली छाएको छ।

बैंकिङ ४२, विकास बैंक १५२, फाइनान्स ९५, होटल तथा पर्यटन ६१, जलविद्युत् १००, जीवन बिमा २५२, उत्पादन १३९, माइक्रोफाइनान्स ११८, निर्जीवन बिमा २५७ र व्यापार उपसमूह ५६ अंक बढे। अन्य उपसमूह भने ३४ अंक घट्यो। २०३ कम्पनीको मूल्य बढ्दा ४ वटाको घट्यो भने एउटाको स्थिर रहृयो।

७ कम्पनीको मूल्य करिब १० प्रतिशत बढ्यो। गोर्खाज फाइनान्स, धौलागिरि लघुवित्त, खप्तड लघुवित्त, सिर्जनशील लघुवित्त, रिलायन्स फाइनान्स, हिमालयन पावर, घलेम्दी हाइड्रोको मूल्य ९.९ प्रतिशतभन्दा धेरै बढ्यो। नेपाल टेलिकम, हिमालयन डिस्टिलरी, नबिल बैंक, रिडी पावर र एनआईसी एसिया बैंक कारोबार रकमका आधारमा क्रमशः अगाडि रहे।

Shivam cement

प्रकाशित: Dec 26, 2022| 15:41 सोमबार, पुस ११, २०७९
प्रतिक्रिया दिनुहोस्