बिहीबार, जेठ २८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • जाँदाजाँदै अर्थमन्त्री शर्माले भने– राजस्व कम हुनुमा अमूक व्यक्ति र प्रधानमन्त्री कार्यालय जिम्मेवार

जाँदाजाँदै अर्थमन्त्री शर्माले भने– राजस्व कम हुनुमा अमूक व्यक्ति र प्रधानमन्त्री कार्यालय जिम्मेवार

अर्थ मन्त्रालयबाट बाहिरिँदै गर्दा अर्थमन्त्री जनार्दन शर्माले चालू आर्थिक वर्षमा राजस्व कम उठ्नुमा प्रधानमन्त्री कार्यालय जिम्मेवार रहेको दाबी गरेका छन्।
 |  सोमबार, पुस ११, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, पुस ११, २०७९

काठमाडौं– अर्थ मन्त्रालयबाट बाहिरिँदै गर्दा अर्थमन्त्री जनार्दन शर्माले चालू आर्थिक वर्षमा राजस्व कम उठ्नुमा प्रधानमन्त्री कार्यालय जिम्मेवार रहेको दाबी गरेका छन्। सोमबार अर्थ मन्त्रालयमा आयोजित बिदाइ कार्यक्रममा उनले राजस्व कम उठ्नुमा अमूक व्यक्ति र प्रधानमन्त्री कार्यालय जिम्मेवार रहेको तर्क गरेका हुन्।

National life

पछिल्लो समय बिग्रँदो आर्थिक अवस्थाको अपजस पनि उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई नै दिएका छन्। उनले आफू अर्थमन्त्री भएर पनि जम्मा एकतिहाइ अर्थतन्त्रमात्र चलाउन सकेको स्वीकार्दै बाँकी दुई तिहाई प्रधानमन्त्रीले चलाएको स्पष्ट पारे। 

उनले आफूलाई नसोधी बजेटमा ६० अर्बको सिलिङ राखिएको र सोही कारण बजेट घाटा बढेको दाबी पनि गरे। उनले आफूमाथि ठूलो राजनीति गरिएको गुनासो गर्दै भने, ‘चालू आर्थिक वर्षको बजेट बनाउँदा विचौलियाको प्रवेश गराएको भन्ने आरोप लगाएर राजनीति गरियो।’

कर्मचारीसँग बिदा हुँदै उनले भने, ‘मलाईभन्दा बढी सहयोग अब आउने नेतृत्वलाई गर्नुहोला। मैले गर्दै नगरेको काममाथि राजनीति गरियो।

प्रकाशित: Dec 26, 2022| 14:55 सोमबार, पुस ११, २०७९
प्रतिक्रिया दिनुहोस्