बिहीबार, जेठ २८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • कर्मचारीसँग बिदा हुँदै जनार्दनले भने– राष्ट्र बैंक र अर्थ मन्त्रालयको महत्व बुझें

कर्मचारीसँग बिदा हुँदै जनार्दनले भने– राष्ट्र बैंक र अर्थ मन्त्रालयको महत्व बुझें

अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र बैंक र अर्थ मन्त्रालयको महत्व बुझेको बताएका छन्।
 |  सोमबार, पुस ११, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, पुस ११, २०७९

काठमाडौं– अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र बैंक र अर्थ मन्त्रालयको महत्व बुझेको बताएका छन्।

National life

सोमबार अर्थमन्त्री पदबाट बाहिरिँदै गर्दा उनले कर्मचारीहरुसँग बिदा माग्दै भने– मैले अर्थ मन्त्रालय सम्हालेपछि अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकलाई राम्रोसँग बुझ्ने अवसर पाएँ।’ उनले अर्थमन्त्री भएपछि सरकार कसरी चलाउने, देशको आम्दानी र खर्च, ऋण लिने प्रकृया, वैदेशिक सहायताका बारेमा धेरै कुरा बुझेको पनि बताए।

बिदाइ कार्यक्रममा उनले अर्थतन्त्र नकारात्मक दिशामा अगाडि बढेको विषयमा निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवालाई अपजस लगाए। शर्माले भने, ‘मैले अर्थतन्त्रको रक्षा गरेको हुँ। मैले एक तिहाइ अर्थतन्त्र चलाएँ।’ 

आफूलाई नसोधी बजेटमा ६० अर्बको सिलिङ राखिएको र त्यसकारणले बजेट घाटा बढेको दाबी उनले गरे। राजस्व कम उठ्नुमा अमूक व्यक्ति र प्रधानमन्त्री कार्यालय जिम्मेवार रहेको दाबी उनले गरे। कर्मचारीसँग बिदा माग्दै उनले भने, ‘मलाईभन्दा बढी सहयोग अब आउने नेतृत्वलाई गर्नुहोला। मैले गर्दै नगरेको काममाथि राजनीति गरियो। त्यसमा मलाई चित्त बुझेको छैन।


Shivam cement

प्रकाशित: Dec 26, 2022| 14:21 सोमबार, पुस ११, २०७९
प्रतिक्रिया दिनुहोस्