बिहीबार, जेठ २८, २०८३

नेपाली बजारमा कति छ आजको सुनचाँदीको बजार भाउ?

नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ।
 |  सोमबार, पुस ११, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, पुस ११, २०७९

काठमाडौं- नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ। आइतबार सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँ बढेको भए पनि सोमबार स्थिर रहेको हो।

National life

नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सार्वजनिक गरेको विवरणअनुसार छापावाल सुन प्रतितोला एक लाख पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार पनि सोही मुल्यमा कारोबार भएको थियो।

यस्तै, तेजाबी सुन प्रतितोला एक लाख रुपैयाँमा कारोबारमा खरिदबिक्री भइरहेको छ। अघिल्लो दिन पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।

सोमबार चाँदीको मूल्य पनि स्थिर रहेको चाँदी प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित: Dec 26, 2022| 13:45 सोमबार, पुस ११, २०७९
प्रतिक्रिया दिनुहोस्