शुक्रबार, वैशाख २५, २०८३

गुर्जाबाट गर्भवतीको हेलिकप्टरबाट उद्धार

म्याग्दीको दुर्गम धवलागिरि गाउँपालिका-१ गुर्जाकी एक गर्भवतीको हेलिकप्टरबाट उद्धार गरिएको छ।
 |  सोमबार, पुस ११, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, पुस ११, २०७९

म्याग्दी- म्याग्दीको दुर्गम धवलागिरि गाउँपालिका-१ गुर्जाकी एक गर्भवतीको हेलिकप्टरबाट उद्धार गरिएको छ। 

National life

गर्भवती व्यथा लागेकी ३० वर्षीय अनुवा छन्त्यालको हेलिकप्टरबाट उद्धार गरेर आइतबार पोखरा पुर्‍याइएको हो। गण्डकी प्रदेश सरकार र धवलागिरि गाउँपालिकाको समन्वयमा हेलिकप्टरबाट उद्धार गरेर पोखरा मणिपाल शिक्षण अस्पताल लगिएको गुर्जा स्वास्थ्य चौकीले जनाएको छ। 

पोखरा पुर्‍याइएकी छन्त्यालले अस्पतालमा छोरीलाई जन्म दिएकी छन्। शनिबार बिहान ७ बजेदेखि सुत्केरी व्यथा लागे पनि आइतबार दिउँसोसम्म बच्चा जन्माउन नसकेपछि हेलिकप्टरबाट उद्धार गरेर पोखरा लगिएको वडाध्यक्ष झकबहादुर छन्त्यालले बताए। 

अस्पतालमा चिकित्सकको निगरानीमा छन्त्यालबाट साँझ साढे ६ बजेतिर छोरी जन्मिएको उनले बताए। उनका अनुसार आमा र बच्चाको स्वास्थ्य राम्रो छ।

प्रकाशित: Dec 26, 2022| 08:50 सोमबार, पुस ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।