आइतबार, साउन ११, २०८२

मनकामना केबलकार अनिश्चितकालका लागि बन्द

मनकामना केबलकार तत्कालका लागि बन्द गरिएको छ। केबलकारको प्यानलमा क्षति पुगेकाले सेवा स्थगन गरिएको कम्पनीले जनाएको छ।
 |  सोमबार, पुस ११, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, पुस ११, २०७९

vianetvianet

काठमाडौं- मनकामना केबलकार तत्कालका लागि बन्द गरिएको छ। केबलकारको प्यानलमा क्षति पुगेकाले सेवा स्थगन गरिएको कम्पनीले जनाएको छ।

विद्युत् आपूर्तिमा भएको समस्याका कारण केबलकारको प्यानलमा क्षति पुगेको कम्पनीले जनाएको छ। त्यो मर्मतका लागि निर्माता कम्पनी अष्ट्रियाको डोपलमायरकै प्राविधिक आउनुपर्ने कम्पनीले जनाएको छ। अर्को सूचान जारी नभएसम्म केबलकार सेवा स्थगन रहने कम्पनीले जानकारी गराएको छ।

'विद्युत् आपूर्तिमा भएको समस्याका कारण केबलकारको प्यानलमा ठूलो क्षति पुग्न गएको कारण र निर्माता कम्पनी अष्ट्रियाको डोपलमायरकै प्राविधिक नै आउनुपर्ने भएकोले अर्को सूचान नभएसम्म केबलकार सेवा स्थगन रहने जानकारी गराउदँछौँ,' कम्पनीले सोमबार बिहान जारी गरेको सूचनामा उल्लेख छ, 'यसबाट पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी गर्दछौँ । यथासक्दो चाँडो सेवा सुचारु गर्नेछौँ।'

प्रकाशित: Dec 26, 2022| 07:06 सोमबार, पुस ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।