शुक्रबार, वैशाख २५, २०८३

आगो लगाएर महोत्तरीमा एक मजदुरको हत्या

सम्सी गाउँपालिका २ पर्सादेवाडका ४९ वर्षीय मोहम्मद खुर्सैद अन्सारीको मलद्वारमा पेट्रोल छर्केर आगो लगाइ हत्या गरिएको हो।
 |  आइतबार, पुस १०, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, पुस १०, २०७९

National life

धनुषा- महोत्तरीको सम्सी गाउँपालिकामा एक मजदुरको निर्ममतापूर्क हत्या गरिएको छ। सम्सी गाउँपालिका २ पर्सादेवाडका ४९ वर्षीय मोहम्मद खुर्सैद अन्सारीको मलद्वारमा पेट्रोल छर्केर आगो लगाइ हत्या गरिएको हो।

अन्सारीको हत्यामा संलग्न रहेको आरोपमा पर्सादेवाडकै ३५ वर्षीय अब्दुल सलामलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले बताए। सलामले अन्सारीलाई यातना दिइरहेको भिडिओ पनि बनाएको प्रहरीले जनाएको छ।

अचेत अवस्थामा रहेका अन्सारीको जानकी हेल्थ केयर जनकपुरधाममा उपचारका क्रममा ज्यान गएको थियो। प्रहरीले उनीमाथि ज्यान मार्ने उद्योग मुद्दा दर्ता गरेर कारबाही प्रक्रिया अगाडि बढाएको छ।

प्रकाशित: Dec 25, 2022| 21:51 आइतबार, पुस १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।