शुक्रबार, वैशाख २५, २०८३

खोटाङमा बस दुर्घटना, ६ जना घाइते

खोटाङको दिक्तेल नगरपालिका-१३ मा यात्रु बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।
 |  आइतबार, पुस १०, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, पुस १०, २०७९

काठमाडौं- खोटाङको दिक्तेल नगरपालिका-१३ मा यात्रु बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।

National life

घाइतेमध्ये चार जनाको अवस्था सामान्य र दुई जनाको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।

बुइपाबाट सदरमुकामतर्फ जाँदै गरेको प्रदेश १-०५-००१ ख ००१७ नम्बरको बस आज बिहान १०:४० बजे दुर्घटना भएको थियो।

जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता एवम् प्रहरी निरीक्षक रोमन अर्यालले  घाइतेलाई अस्पताल पुर्‍याउने बताए। केही घाइतेलाई जिल्ला सदरमुकाममा र केहीलाई हेलिकोप्टरमार्फत् काठमाडौं लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Dec 25, 2022| 12:51 आइतबार, पुस १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।