बिहीबार, जेठ २८, २०८३

सुनको मूल्य बढ्यो

नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला दुई सयले बढेको छ।
 |  आइतबार, पुस १०, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, पुस १०, २०७९
National life
Shivam cement

काठमाडौं- नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला दुई सयले बढेको छ। शुक्रबार प्रतितोला एक लाख तीन सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक लाख पाँच सय तोकिएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोलाएक लाख छ। यसको मूल्य अघिल्लो दि ९९ हजार आठ सय थियो। त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला एक हजार तीन सय ९० कायम रहेको महासङ्घले जनाएको छ। 

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ। हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस एक हजार सात सय ९८ दशमलव ५८ अमेरिकन डलर आसपासमा कारोबार भइरहेको जनाइएको छ।

प्रकाशित: Dec 25, 2022| 12:44 आइतबार, पुस १०, २०७९
प्रतिक्रिया दिनुहोस्