काठमाडौं- काठमाडौंको कालिमाटीबाट एक जना बालिका बेपत्ता भएकी छन्। काठमाडौं महानगरपालिका–१३ घर भएकी संवृद्धि मानन्धर पुस ७ गते साँझबाट हराएकी हुन्।
मानन्धर बिजुलीबजारस्थित रोडबर्ड स्कुलमा अध्ययनरत थिइन्। उनको खोजी गरिदिन परिवारले प्रहरी वृत्त कालिमाटीमा निवेदन दिएका छन्।
सिसिटिभी फुटेजमा उनी झोँछेस्थित गणबहालसम्म पुगेको देखिएको छ। उनका बुवा सुनिल मानन्धरले छोरीलाई कसैले देखेमा नजिकको प्रहरी कार्यालयमा खबर गरिदिन आग्रह गरेका छन्।