शुक्रबार, वैशाख २५, २०८३

पाँच किलो गाँजासहित एक जना पक्राउ

विराटनगर महानगरपालिका–४ एयरपोर्ट नहरबाट ५ किलो गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
 |  आइतबार, पुस १०, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, पुस १०, २०७९

विराटनगर- विराटनगर महानगरपालिका–४ एयरपोर्ट नहरबाट ५ किलो गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। 

National life

जिल्ला प्रहरी कार्यालय मोरङबाट सादा पोसाकमा खटिएको टोलीले लागूऔषध गाँजासहित विराटनगर–११ का २८ वर्षीय गोरे भनिने अस्मन राईलाई पक्राउ गरेको हो। 

राईले चलाएको को ३८ प ७९५१ नम्बरको स्कुटर प्रहरीले शनिबार साँझ ५ बजेतिर नियन्त्रणमा लिएर चेकजाँच गरेको थियो। चेकजाँच गर्दा स्कुटरभित्र गाँजा भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए।

उनका अनुसार गाँजा फेला परेपछि स्कुटर नियन्त्रणमा लिएर चालकलाई पक्राउ गरिएको छ। गाँजा कहाँबाट ल्याइएको र कता लगिएको हो भन्ने बारेमा खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। गाँजासहित पक्राउ परेका राईलाई भने प्रहरीले लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने तयारी गरेको छ। 

प्रकाशित: Dec 25, 2022| 11:21 आइतबार, पुस १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।