शनिबार, साउन १०, २०८२

नेपाली नागरिकता लिने म्यानमारका नागरिक पक्राउ

नेपाली भएको भन्दै झुटो विवरण पेस गरेर नागरिकता र राहदानी प्रमाणपत्र लिने म्यानमारका नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
 |  आइतबार, पुस १०, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, पुस १०, २०७९

vianetvianet

काठमाडौं- नेपाली भएको भन्दै झुटो विवरण पेस गरेर नागरिकता र राहदानी प्रमाणपत्र लिने म्यानमारका नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोहमद नुर आलम रहेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई पक्राउ गरेको हो। 

१० वर्षअघि म्यानमारबाट नेपाल आई उनी सर्लाही त्रिभुवननगरमा बस्दै आएका थिए। आफू नेपाली नागरिककै सन्तान भएको विवरण पेस गरी उनले नागरिकता र राहदानी बनाएका हुन्।

ठगीसम्बन्धी एक घटनाको अनुसन्धानमा उनलाई पक्राउ गर्दा नागरिकता र राहदानीको विवरण पत्ता लागेको अपराध अनुसन्धान कार्यालयका एसपी कृष्णप्रसाद कोइरालाले बताए। आलमले झुटो विवरण पेस गरी नेपाली नगरिकता लिएको र सोही नागरिकताका आधारबाट राहदानी विभाग काठमाडौंबाट राहदानीसमेत प्रमाणित भएको प्रहरीले जनाएको छ। उनले सर्लाहीको मदरसामा पढाउँदै आएका थिए। 

सुरुमा उनीमाथि किर्ते मुद्दामा प्रहरीले कारबाही अघि बढाएको छ। झुक्याएर नागरिकता लिएको घटनामा सर्लाहीबाट थप अनुसन्धान गराउन प्रहरी तयारी छ।

प्रकाशित: Dec 25, 2022| 10:00 आइतबार, पुस १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।