काठमाडौं- काठमाडौंको दक्षिणकाली नगरपालिका-२ इँटाभट्टामा भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ। दुर्घटनामा दुई जना घाइते भएका छन्।
हिजो बेलुका साढे ६ बजे बा३ख ६६५६ नम्बरको पानी ट्याङ्कर दुर्घटना हुँदा ट्याङ्करमै रहेका सिन्धुलीका २१ वर्षका रविन वाइबाको ज्यान गएको प्रहरीले जनाएको छ।
वाइबाको बयोधा अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो। यस्तै, घाइते भएका दुई जनाको पनि यही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार तीव्र गतिका कारण पानी ट्याङ्कर दुर्घटनामा परेको हो।