शुक्रबार, वैशाख २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौंको न्यूनतम तापक्रम आज ४ दशमलव ५ डिग्री सेल्सियसमा झर्‍यो

काठमाडौंको न्यूनतम तापक्रम आज ४ दशमलव ५ डिग्री सेल्सियसमा झर्‍यो

पुस महिना लागेसँगै देशभर चिसो बढेको छ। काठमाडौंको न्यूनतम तापक्रम आज ४ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ। यो यसवर्षको अहिलेसम्मकै कम हो।
 |  आइतबार, पुस १०, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, पुस १०, २०७९

काठमाडौं- पुस महिना लागेसँगै देशभर चिसो बढेको छ। काठमाडौंको न्यूनतम तापक्रम आज ४ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ। यो यसवर्षको अहिलेसम्मकै कम हो।

National life

हिजो काठमाण्डौको न्यूनतम तापक्रम ५ दशमलव ३ डिग्री सेल्सियस थियो। काठमाडौंसहित देशभरकै तापक्रम घट्न थालेको छ।

जुम्लाको न्यूनतम तापक्रम माइनस ५ दशमलव ६ डिग्री सेल्सियसमा झरेको छ। यस्तै, जोमसोमको माइनस ६ दशमलव १ र जिरीको माइनस शून्य दशमलव ७ डिग्री सेल्सियस मापन गरिएको मौसमविद् हिरा भट्टराईले बताए। नेपालमा अहिले पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। यही प्रभावका कारण आज पश्चिमी क्षेत्रको मौसम बदली हुने मौसमविद् भट्टराईले जानकारी दिए। 

आज सुदूपश्चिम र कर्णाली प्रदेशको मौसम पूर्ण बदली हुने अनुमान गरिएको छ। काठमाडौंै उपत्यकासहित आसपासका जिल्लामा भने मौसम आंशिक मात्रै बदली हुने अनुमान गरिएको महाशाखाले जनाएको छ।

हिजो कास्की, खोटाङ र म्यादीका केही ठाउँमा पानी परेको थियो। कास्कीको माछापुच्छ्रे बेस क्याम्पमा गरिएको मापन अनुसार त्यहाँ ३ दशमलव ६ मिलिमिटर, म्यादीको घोरेपानीमा १ दशमलव ५ मिलिमिटर र खोटाङको दूधकोकोशीमा २ मिलिमिटर पानी परेको मापन गरिएको छ। 

प्रकाशित: Dec 25, 2022| 08:03 आइतबार, पुस १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।