बिहीबार, जेठ २८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ग्लोबल आइएमई बैंकले थप्यो आठ नयाँ शाखारहित बैंकिङ सेवा

ग्लोबल आइएमई बैंकले थप्यो आठ नयाँ शाखारहित बैंकिङ सेवा

हाल बैंकले २९२ शाखा, ३ अन्तर्राष्ट्रिय सम्पर्क कार्यालयसहित ९०० बढी सेवा केन्द्रबाट बैंकिङ सेवा दिँदै आएको छ।
 |  शनिबार, पुस ९, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, पुस ९, २०७९
National life
Shivam cement

काठमाडौं– ग्लोबल आइएमई बैंकले शुक्रबारदेखि ८ वटा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ। बैंकले धनुषाको धनुषाधाम नगरपालिका–९, धारापानी, महोत्तरीको मनराशिसवा नगरपालिका–१, गुल्मीको मुसिकोट नगरपालिका–४, बडागाउँ, नेटा र वडा–२, मुसिकोट, देउराली, उदयपुरको कटारी नगरपालिका–२, गुराँसमा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो। 

यस्तै, अर्घाखाँचीको पाणिनी गाउँपालिका–६, धातिवाङ, कपिलवस्तुको शिवराज नगरपालिका–९, बानियाभार र कैलालीको चुहा नगरपालिका–७, हरैयापुरमा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ। थपिएकासहित बैंकको शाखारहित सेवा संख्या २८३ पुगेको छ। 

शाखारहित बैंकिङ सेवाबाट स्थानीयले स्थानीय प्रतिनिधिमार्पmत बैंकिङ सेवा लिन सक्नेछन्। यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको ब्याज भुक्तानी गर्ने, डिसहोम, सीडीएमए, युटीएल तथा एनटीसीको महसुल भुक्तानी, मोबाइल रिचार्जलगायत सेवा लिन सकिनेछ। हाल बैंकले २९२ शाखा, ३ अन्तर्राष्ट्रिय सम्पर्क कार्यालयसहित ९०० बढी सेवा केन्द्रबाट बैंकिङ सेवा दिँदै आएको छ। 

प्रकाशित: Dec 24, 2022| 13:28 शनिबार, पुस ९, २०७९
प्रतिक्रिया दिनुहोस्