बिहीबार, जेठ २८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नेसनल लाइफका उत्कृष्ट अभिकर्तालाई चियरपर्सन क्लबको सदस्यता

नेसनल लाइफका उत्कृष्ट अभिकर्तालाई चियरपर्सन क्लबको सदस्यता

आव २०७८/०७९ मा तोकिएको लक्ष्य पूरा गर्न सफल ६०० बढी अभिकर्तालाई कम्पनीका अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहको उपस्थितिमा चियरपर्सन क्लबको सदस्यता वितरण, सम्मान एवं प्रशिक्षण प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
 |  शनिबार, पुस ९, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, पुस ९, २०७९

काठमाडौं– नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले अभिकर्ताका लक्षित तीन दिने चियरपर्सन क्लब, तालिम तथा सम्मान कार्यक्रम काठमाडौंमा सम्पन्न गरेको छ। आव २०७८/०७९ मा तोकिएको लक्ष्य पूरा गर्न सफल ६०० बढी अभिकर्तालाई कम्पनीका अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहको उपस्थितिमा चियरपर्सन क्लबको सदस्यता वितरण, सम्मान एवं प्रशिक्षण प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। 

National life

कार्यक्रममा उपस्थित अभिकर्तालाई जीवन बिमा व्यवसायमा थप हौसला प्रदान गर्दै व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले भारतका मोटिभेटर प्रशिक्षक सइद अफ्जल अहमदबाट उत्तप्रेरणा तथा जीवन बिमा बिक्रय कलासम्बन्धी तालिम दिइनुका साथै नयाँ बिमा ऐन, २०७९ मा अभिकर्ताबारे रहेको व्यवस्था सम्बन्धमा जानकारी गराइएको थियो। 

कम्पनीका अध्यक्ष सिंहले चियरपर्सन क्लबमा छनोट भएका सबै अभिकर्तालाई सदस्यता वितरण र विभिन्न विधामा सवोत्कृष्ट घाषित भएका अभिकर्तालाई सम्मान गरेकी थिइन्। 

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले कम्पनीका सबै संरचना उत्कृष्ट रहेको, बोनस दर आकर्षक हुनुका साथै अभिकर्ता सञ्जाललाई अझ व्यावसायिक बनाउन थप लगानी गरिने प्रतिबद्धत्ता जनाए।

उक्त अवसरमा सात वटै प्रदेशबाट आफ्नो कोड र सञ्जाल व्यवसायबाट अलग–अलग प्रथम, द्वितीय, तृतीय हुने लिडर अभिकर्ता र नेपालभरबाट आफ्नो कोड र सञ्जाल व्यवसायबाट अलग–अलग उत्कृष्ट ७ जना अभिकर्तालाई सम्मानित गरिएको थियो।

Shivam cement

प्रकाशित: Dec 24, 2022| 12:36 शनिबार, पुस ९, २०७९
प्रतिक्रिया दिनुहोस्