शुक्रबार, फागुन २९, २०८२

कोरोना संक्रमितले चीनका अस्पताल भरिन थालेकोमा डब्ल्यूएचओको चिन्ता

चीनको राजधानी बेइजिङ लगायत ठूला सहरमा कोरोना संक्रमण बढ्दै गएको छ।
 |  शनिबार, पुस ९, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, पुस ९, २०७९

काठमाडौं- चीनको राजधानी बेइजिङ लगायत ठूला सहरमा कोरोना संक्रमण बढ्दै गएको छ। कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि लागू गरेका प्रतिबन्ध हटाइएको दुई हप्तापछि चीनमा महामारीले भयावह रुप लिएको हो।

National life

चीनमा कोरोना रोकथामका लागि लागू भएका प्रतिबन्धविरुद्ध प्रदर्शन भएपछि प्रतिबन्ध फुकुवा गरिएको थियो। विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले पछिल्लो समय चीनका अस्पताल संक्रमितले भरिन थालेको जनाएको छ।

जाडो याममा श्वासप्रश्वाससम्बन्धी संक्रामक रोगको प्रकोप बढी हुने गरेकाले बेइजिङमा कोभिडको गम्भीर संक्रमण बढ्दै गएको स्वास्थ्य विज्ञले बताएका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ।

बेइजिङ अस्पतालका श्वासप्रश्वास तथा क्रिटिकल केयर मेडिसिन विभागका प्रमुख ली यानमिङका अनुसार ओमिक्रोन भेरियन्टको संक्रमणपछि केही पाका उमेरका बिरामीमा गम्भीर समस्या देखिएको छ।

पछिल्ला दिनमा अस्पतालमा दैनिक औसत तीन सय ५० देखि चार सय ज्वरोका बिरामी र पाँच सयको हाराहारीमा आपत्कालीन अवस्थाका बिरामी आउने गरेका छन्। यसप्रति डब्ल्यूएचओले चिन्ता व्यक्त गरेको छ। 

Laxmi sunrise bank
kumari

संक्रमित बढ्न थालेसँगै त्यहाँ औषधि र चिकित्सकको समेत अभाव हुन थालेको छ।

प्रकाशित: Dec 24, 2022| 08:00 शनिबार, पुस ९, २०७९
प्रतिक्रिया दिनुहोस्