काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले पदबाट राजीनामा दिएका छन्। संघीय सांसदमा निर्वाचित भएपछि संवैधानिक जटिलता भएको भन्दै उनले राजीनामा दिएका हुन्।
प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई शुक्रबार पाण्डेले राजीनामा बुझाएका छन्। नेकपा एकीकृत समाजवादीका उपाध्यक्षसमेत रहेका पाण्डे २०७८ कात्तिक ११ गते मुख्यमन्त्री भएका थिए।
चार मंसिरमा सम्पन्न निर्वाचनमा उनी धादिङ क्षेत्र नम्बर १ बाट निर्वाचित भएका छन्।