बिहीबार, जेठ २८, २०८३

पाँच महिनामा पौने २८ करोडको यार्सा निर्यात

चालू आर्थिक वर्षको पाँच महिनामा नेपालबाट विभिन्न ११ वटा देशमा यार्सागुम्बा निर्यात भएको छ। भन्सार विभागका अनुसार पाँच महिनामा २७ करोड ८१ लाख रुपैयाँ बराबरको यार्सागुम्बा निर्यात भएको हो।
 |  शुक्रबार, पुस ८, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ८, २०७९

काठमाडौं– चालू आर्थिक वर्षको पाँच महिनामा नेपालबाट विभिन्न ११ वटा देशमा यार्सागुम्बा निर्यात भएको छ। भन्सार विभागका अनुसार पाँच महिनामा २७ करोड ८१ लाख रुपैयाँ बराबरको यार्सागुम्बा निर्यात भएको हो। 

National life

विभागको तथ्यांक अनुसार नेपालबाट कोलम्विया, फ्रान्स, जर्मनी, हङकङ, इटली, दक्षिण कोरिया, मलेसिया, सिंगापुर, बेलायत, अमेरिका र भियतनाममा यार्सागुम्बा निर्यात हुने गरेको पाइएको छ। नेपालबाट सबैभन्दा बढी यार्सागुम्बा हङकङमा निर्यात हुने गरेको छ।

त्यहाँ पाँच महिनामा १८१ केजी अर्थात् ११ करोड ४७ लाख रुपैयाँ बराबरको निर्यात भएको छ। दोस्रोमा कम्बोडियामा निर्यात हुने गरेको छ। सो देशमा पाँच महिनामा नेपालबाट १६० केजी अर्थात् १० करोड २३ लाख ९९ हजार रुपैयाँ बराबरको यार्सागुम्बा निर्यात भएको छ। 

सबैभन्दा कम कोरियामा जम्मा २९ हजार रुपैयाँ बराबरको निर्यात भएको छ, जुन एक किलोभन्दा कम हो। 


प्रकाशित: Dec 23, 2022| 14:57 शुक्रबार, पुस ८, २०७९
प्रतिक्रिया दिनुहोस्