शुक्रबार, फागुन २९, २०८२

यस्ता छन् व्यायाममा अनेक फाइदा

शारीरिक अभ्यासका थुप्रै प्रकार छन्। त्यसैले कुन शारीरिक अभ्यास गर्ने र कुन बढी प्रभावकारी हुन्छ भन्नेमा सचेत हुनुपर्छ। हामीले व्यायाम गर्दा कार्डियो, फ्लेक्जिबिलिटी, एन्ड्यूरेन्स, ब्यालेन्सिङ र स्ट्रेचिङलगायत व्यायाम गर्नुपर्छ।
 |  शनिबार, पुस ९, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, पुस ९, २०७९

सधैं मानव शरीर स्वस्थ र फुर्तिलो हुनुपर्छ। त्यसका लागि हामीले नियमित शारीरिक अभ्यास गर्नसक्छौं। विश्वभर पुनः कोरोना संक्रमण बढ्दो छ। यस्तो अवस्थामा त झनै शारीरिक व्यायामको निकै महत्त्व हुन्छ।

National life

शारीरिक अभ्यासका थुप्रै प्रकार छन्। त्यसैले कुन शारीरिक अभ्यास गर्ने र कुन बढी प्रभावकारी हुन्छ भन्नेमा सचेत हुनुपर्छ। हामीले व्यायाम गर्दा कार्डियो, फ्लेक्जिबिलिटी, एन्ड्यूरेन्स, ब्यालेन्सिङ र स्ट्रेचिङलगायत व्यायाम गर्नुपर्छ।

कुनै व्यायामले एकै साथ पुरै शरीरलाई लाभ दिइरहेका हुन्छन्। दौड, ब्रिस्क वाक, योगा आदिले एकैसाथ शरीरलाई लाभ दिइरहेका हुन्छन्। जायरोटोनिक एक यस्तो एक्सरसाइज हो जो एक साथ थुप्रै फाइदा दिइरहेको हुन्छ। तर, यसलाई सही ढङ्गले सिकेर लागू गर्नुपर्छ।

जायरोटोनिक व्यायाम एक यस्तो विधा हो जो मुख्यतः विशेष मेसिन वा साधनको माध्यमबाट गरिन्छ। यसलाई गर्दा पुरै शरीरलाई एक निश्चित लयमा गतिशील राख्दै घुमाइन्छ। र, शरीरका प्रत्येक जोडमा फोकस गरिन्छ। यो शारीरिक अभ्यास एकदमै धेरै प्रचलनमा नभए पनि यसले लाभ भने धेरै दिन्छ। यो अभ्यासले शरीरका साथै दिमागलाई पनि फिट राख्न सहयोग पुगाउँछ। यसले पुरै शरीरको स्ट्रेचिङ पनि हुने गर्छ। जायरो एक ग्रीक शब्द हो। जसको अर्थ स्पाइनल वा सर्कल हुन्छ। 

जायरोटोनिक गर्दा अपनाइने गतिविधिले पुरा शरीरका प्रत्येक अंकमा फाइदा पुग्छ। यसबाट शरीरमा मालिस गर्दा झैँ आनन्द पैदा हुन्छ। त्यसैले जायरोटोनिक विशेषज्ञ शरीरको भित्रबाट बाहिरको मालिसका रूपमा पनि प्रचारित गर्छन्। यस एक्सरसाइजको एक सेसनबाटै योग, उसु र स्विमिङबाट प्राप्त हुने जत्तिकै लाभ प्राप्त हुन्छ। जोर्निहरूलाई सर्कलमा घुमाउँदा, शरीरलाई लयमा फैलाउँदा दिमाग पनि पूर्णरूपमा यस प्रक्रियामा सहभागी हुन्छ।

Laxmi sunrise bank
kumari

जायरोटोनिक जुन मसिनबाट गरिन्छ त्यो काठबाट बनेको हुन्छ। जायरोटोनिकको अभ्यासले मांसपेशी बलियो हुने तथा लचक हुने, ढाड र हड्डीलाई पूर्ण क्षमतामा काम गर्न बलियो बनाउने, झुक्ने, फर्किने जस्ता कार्यका लागि शरीरलाई सहजता प्रदान गर्छ। यसले पुरै शरीरलाई लचिलो र बलियो बनाउँछ। - अमर उजाला

प्रकाशित: Dec 24, 2022| 06:45 शनिबार, पुस ९, २०७९
प्रतिक्रिया दिनुहोस्