बिहीबार, जेठ २८, २०८३

बैंकर्स संघको कार्यवाहक अध्यक्षमा सुनिल केसी

नेपाल बैंकर्स संघमा कार्यवाहक अध्यक्षको जिम्मेवारी सुनिल केसीले पाएका छन्।
 |  शुक्रबार, पुस ८, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ८, २०७९
National life
Shivam cement

काठमाडौं– नेपाल बैंकर्स संघमा कार्यवाहक अध्यक्षको जिम्मेवारी सुनिल केसीले पाएका छन्। संघको शुक्रबार बसेको बैठकले केसीलाई संघको कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको हो। ्

केसी संघको उपाध्यक्षको जिम्मेवारीमा रहेका थिए। उनी हाल एनएमबि बैंकको सीईओ हुन्। संघको अध्यक्षको जिम्मेवारीमा रहेका अनिल उपाध्यायले कृषि विकास बैंक छाडेपछि उपाध्यक्ष केसीले कार्यवाहकको जिम्मेवारी पाएका हुन्। बैंकर्स संघको पद वाणिज्य बैंकको सीईओ वहाल रहेको अवस्थामा मात्रै कायम रहन्छ। कृषि विकास बैंकको सीईओ छाडेपछि अनिल उपाध्यायले संघको नेतृत्व पनि छाडेका हुन्।

बैठकले संघको कार्यसमितिमा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङलाई मनोनयन गरेको छ।


प्रकाशित: Dec 23, 2022| 13:06 शुक्रबार, पुस ८, २०७९
प्रतिक्रिया दिनुहोस्