शुक्रबार, साउन १, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • जर्मनले वित्तीय तथा उर्जा क्षेत्रकाे लागि पौने १२ अर्ब सहयाेग गर्ने

जर्मनले वित्तीय तथा उर्जा क्षेत्रकाे लागि पौने १२ अर्ब सहयाेग गर्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं–नेपाल जर्मनी विकास सहायता सम्बन्धी वार्ता जर्मनीको बर्लिनमा असोज ३–४ (१९–२० सेप्टेम्बर) सम्पन्न भएको छ ।  जर्मनी सरकारबाट आगामी दुई वर्षका लागि वित्तीय तथा प्राविधिक सहायताको रुपमा करीब ७ अर्ब ५० करोड रुपैयाँ (यूरो ५५.६ मिलियन) अनुदान सहायताको प्रतिवद्धता प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ । 

त्यस्तै उर्जा दक्षता कार्यक्रमअन्तर्गत लेखनाथ दमौली २२० केभी प्रसारण लाइन परियोजना निर्माणको लागि थप १५ मिलियन यूरोसहित ३१ मिलियन यूरो (४ अर्ब २० करोड रुपैयाँ) अनुदान सहायता प्रदान गर्ने संझौतामा हस्ताक्षर भएको छ । 

उक्त संझौतामा नेपालको तर्फबाट अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र जर्मनी सरकारकोतर्फबाट केएफ डब्लु विकास बैंकको दक्षिण एसिया क्षेत्रीय व्यवस्थापक यासमीन टौफीकले हस्ताक्षर गरेका छन् । 

वार्तामा जर्मनी सरकारबाट उर्जा, स्वास्थ्य तथा दीगो आर्थिक विकासका क्षेत्रमा जारी आयोजनाहरुलाई निरन्तरता दिदै थप आयोजनाको लागि समेत प्रतिवद्धता प्राप्त भएको अर्थिक मन्त्रालयको भनाइ छ । 
 
जर्मनी सरकारबाट नेपाललाई नवीकरणीय उर्जा, स्वास्थ्य, नगर विकास, शान्ति कोष, भुकम्पपछिको पुनर्निर्माण तथा दीगो आर्थिक विकासका क्षेत्रमा समेत सहयोग हुदै आएको छ ।

सो वर्लिनको वार्तामा नेपालकोतर्फबाट अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालको  नेतृत्वमा ६ सदस्यीय प्रतिनिधिमण्डल र जर्मनी सरकारकोतर्फबाट आर्थिक सहयोग तथा विकास मन्त्रालयका दक्षिण एसिया महाशाखा प्रमुख डा. वल्फराम क्लेइनको नेतृत्वमा १२ सदस्यीय प्रतिनिधिमण्डलको सहभागिता रहेको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्