सोमबार, वैशाख २८, २०८३

स्वास्थ्य मन्त्रालयले भन्यो– कोरोना जोखिम बढ्यो, मास्क लगाउनू

मन्त्रालयले मास्क प्रयोग गर्न, एकअर्कामा भौतिक रूपमा दूरी कायम राख्न र व्यक्तिगत सरसफाइमा ध्यान दिन आग्रह गरेको हो।
 |  शुक्रबार, पुस ८, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ८, २०७९

National life

काठमाडौं– साँधसीमा जोडिएका भारत र चीनमा कोरोना संक्रमण बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सर्वसाधारण नागरिकलाई अनिवार्य मास्क प्रयोग गर्न आग्रह गरेको छ। मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले विज्ञप्ति जारी गरी फरक स्वरूपमा कोरोना संक्रमण जोखिम देखिएकाले मास्क प्रयोग गर्न आग्रह गरेका हुन्। 

‘मास्क प्रयोग गर्न, एकअर्कामा भौतिक रूपमा दूरी कायम राख्न र व्यक्तिगत सरसफाइमा ध्यान दिन अनुरोध गर्दछौं,’ मन्त्रालयले  विज्ञप्तिमा भनेको छ।

पछिल्लो समय नेपालमा ओमिक्रोन भेरियन्टका संक्रमित मात्रै फेला परेका छन्। छिमेकी मुलुकमा देखिएको बीएफ ७ नेपालमा पुष्टि नभएको मन्त्रालयले जनाएको छ।

प्रकाशित: Dec 23, 2022| 11:02 शुक्रबार, पुस ८, २०७९
प्रतिक्रिया दिनुहोस्