आइतबार, चैत १९, २०७९

स्मार्ट वाटरमार्क प्रविधि अब भरतपुरमा पनि

फिनटेक कम्पनी दियालो टेक्नोलोजिज प्रा.लि.ले पूर्ण अटोमेशनको स्मार्ट वाटर प्रविधिको विकास गरेसँगै भरतपुरमा यो प्रविधिको सुरुवात भएको छ।
 |  बिहीबार, पुस ७, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ७, २०७९

काठमाडौं- फिनटेक कम्पनी दियालो टेक्नोलोजिज प्रा.लि.ले पूर्ण अटोमेशनको स्मार्ट वाटर प्रविधिको विकास गरेसँगै भरतपुरमा यो प्रविधिको सुरुवात भएको छ। टोखा नगरपालिकामा विकास गरिएको यो प्रविधि भरतपुरमा विस्तार गरिएको हो।

National life insurance

कार्यक्रममा नगर विकास कोषका कार्यक्रम संयोजक सुवासराज पन्तले नगर विकास कोषको लगानीमा बनेका र बन्ने क्रममा रहेका १२० खानेपानीलाई प्रविधिको प्रयोगका लागि सधैं प्रोत्साहन गरेको धारणा व्यक्त गरे।

यस्तै कार्यक्रममा भरतपुर महानगरपालिकाका उपमेयर चित्रसेन अधिकारीले चितवनमा यस प्रकारको कार्यक्रम आयोजना भाकोमा प्रसन्नता व्यक्त गर्दै प्रविधिको प्रयोग र त्यसमा जनताको पहुच पुर्याउने कार्यमा महानगरपालिकाले सधैं सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

यो प्रविधिले खानेपानी क्षेत्रलाई पूर्णरुपमा अटोमेशन गर्नेछ। दियालोले खानेपानी समितिदेखि उपभोक्तासम्म, उत्पादन तथा वितरणदेखि उपभोक्ताको घरघरमा स्मार्ट मिटर रिडिङ्ग, बिलिङ्गदेखि जिन्सी व्यवस्थापन, पानीको गुणस्तर मापनदेखि ट्यांकी व्यवस्थापनसम्मका करिब १५ वटा प्रणालीहरुको विकास गरेको हो।

हालसम्म करिब ८ सयओटा खानेपानी समितिहरुलाई डिजिटलाईजेशन गरिसकेको दियालोले खानेपानी क्षेत्रका सम्पूर्ण प्रक्रियालाई अन्तर्राष्ट्रिय मापदण्डको बनाउने उदेश्यसहित यो प्रणालीको विकास गरेको हो। स्मार्ट वाटर प्रविधिको भरतपुर नगरपालिका खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमा बिस्तार गरिएको कम्पनीले जानकारी दिएको छ।

worldlink

करिब दशवर्ष अगाडी स्थापना भएको दियालो टेक्नोलोजिजले खानेपानी क्षेत्रलार्य आवश्यक पर्ने सफ्टवेयरहरु निर्माण गर्दै आएको छ। दियालोले मिटर रिडिङ्ग मोबाईल एप, बिलिङ्ग व्यवस्थापन, एसएमएस प्रणाली, अनलाइन भुक्तानी,लेखा प्रणाली, जिन्सी व्यवस्थापन, मानव संशाधन व्यवस्थापन प्रणाली, एन.आर.डब्लुः (पानी चुहावट विश्लेषण ) प्रविधि, ल्याव व्यवस्थापन प्रणाली, पम्प कन्ट्रोल प्रणाली, ग्राहक गुनासो व्यवस्थापन, भूमिगत पानीको तह विश्लेषण, मोबाईल एप्लीकेशन, इलेक्ट्रो म्याग्नेटिक फ्लोमिटर,ट्याङ्कीको पानी तह मापन प्रविधि जस्ता प्रणालीहरुको विकास गरेको जनाएको छ।

प्रकाशित: Dec 22, 2022| 04:31. 49 बिहीबार, पुस ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।