शुक्रबार, फागुन २९, २०८२

जानकी पालिकाले बनायो स्थानीय पाठ्यक्रम

पालिकामा रहेका ३९ सामुदायिक र ६ निजी विद्यालयमा आगामी शैक्षिक सत्रदेखि लागू हुने गरी स्थानीय पाठ्यक्रम निर्माण गरिने लागेको हो।
 |  बिहीबार, पुस ७, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ७, २०७९

नेपालगञ्ज– बाँकेको जानकी गाउँपालिकामा स्थानीय पाठ्यक्रमको मस्यौदा निर्माण गरिएको छ। पालिकामा रहेका ३९ सामुदायिक र ६ निजी विद्यालयमा आगामी शैक्षिक सत्रदेखि लागू हुने गरी स्थानीय पाठ्यक्रम निर्माणको काम अन्तिम चरणमा पुगेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले जानकारी दिए। 

National life

उनले पाठ्यक्रम २२ पुसमा हुने गाउँपालिका सभाले पारित गरेपछि त्यसलाई कार्यान्वयन गरिने बताए। ‘स्थानीय पाठ्यक्रममा स्थानीय भाषा, संस्कृति, सम्पदाको जगेर्ना गर्ने उद्देश्य राखिएको छ’, उनले भने। 

पालिकामा रहेका स्थानीय अगुवा अभिभावक, विभिन्न विद्यालयका प्रधानाध्यापक र स्थानीय विज्ञका रुपमा जीतबहादुर शाहसहितको समूहले करिब दुई महिना छलफल गरेर पाठ्यक्रम निर्धारण भएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख कृष्णा भण्डारीले जानकारी दिए। 

पाठ्यक्रमको एक इकाइमा जानकीको परिचय, दुईमा हाम्रो संस्कृति र सम्पदा, तीनमा हाम्रो पेसा–व्यवसाय र प्रविधि, चारमा खुसीका लागि शिक्षा तथा जीवनपयोगी सीप, पाँचमा हामो पर्यावरण र हरित विद्यालय एवं ६ मा सामाजिक चुनौती र विपद व्यवस्थापनको विषयको सूची रहेको छ।उनका अनुसार कक्षा १ देखि ८ सम्म आधारभूत तहमा लागू गरिने सो पाठ्यक्रमको नाम ‘हामी र हाम्रो जानकी’ रहेको छ। 

सिकाइ सीप क्षमतावृद्धि गर्न पढाइ मेला 

Laxmi sunrise bank
kumari

जानकी गाउँपालिकामा विद्यार्थीको सिकाइ सीप क्षमता वृद्धि गर्न पढाइ मेला गरिएको छ। गाउँपालिकाको शिक्षा शाखाले आयोजना गरेको सो कार्यक्रममा सामुदायिक विद्यालयका आधारभूत तहका विद्यार्थीको पढाइ सीप परीक्षण गरिएको थियो । 

गाउँपालिकाका अध्यक्ष छब्बन खाँले गुणस्तरीय शिक्षाको विकासका लागि पढाइ मेला फलदायी हुने विश्वास व्यक्त गर्दै बालबालिकाको पढाइ कस्तो छ भनेर जानकारी लिन खोजिएको बताए। उनले गुणस्तरीय शिक्षाका लागि स्थानीय सरकारले सबै विद्यालयमा अनुगमन गरेर शिक्षामा भएका त्रुटिलाई सच्याइने जानकारी दिए। 

शिक्षक रामधिरज यादवले विद्यालयमा बालबालिका नियमित नभएका कारण र अभिभावकले आफ्ना बच्चालाई विद्यालयमा नियमित पठनपाठन गर्नुपर्छ भन्ने चेतनाको विकास नभएकाले विद्यार्थी कमजोर भएको बताए।–रासस

प्रकाशित: Dec 22, 2022| 17:40 बिहीबार, पुस ७, २०७९
प्रतिक्रिया दिनुहोस्