शुक्रबार, फागुन २९, २०८२

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष र दुई सिनेट सदस्यको पदपूर्ति

सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको शिक्षाध्यक्ष र रिक्त रहेको दुई जना सिनेट सदस्यको पदपूर्ति गरेको छ।
 |  बिहीबार, पुस ७, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ७, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको शिक्षाध्यक्ष र रिक्त रहेको दुई जना सिनेट सदस्यको पदपूर्ति गरेको छ।

प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीको सिफारिसमा सहकुलपतिसमेत रहेका स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङले बुधबार प्रा.डा. सञ्जीवकुमार शर्मा प्याकुरेललाई शिक्षाध्यक्ष पदमा नियुक्त गरेका हुन्। यस्तै प्रा. डा. निलम्बर झा र प्राडा नारायणप्रसाद भट्टराईलाई सिनेट सदस्य पदमा नियुक्त गरेका छन्।

प्रतिष्ठान ऐनमा तीन जनाकै पदावधी पाँच वर्षको तोकिएको छ। प्रतिष्ठान ऐन २०४९ को दफा ११ (ग) र प्रतिष्ठानको नियमावली २०५५ को नियम ७ उपनियम १ बमोजिम उपकुलपतिको सिफारिसमा सहकुलपतिले प्राडा शर्मालाई ६ पुस देखि लागू हुने गरी ५ वर्षका लागि शिक्षाध्यक्ष पदमा नियुक्त गरिएको हो।

प्रकाशित: Dec 22, 2022| 10:26 बिहीबार, पुस ७, २०७९
प्रतिक्रिया दिनुहोस्