बिहीबार, असार १८, २०८३

एन्फाले साढे १७ करोडमा बेच्यो नेपाल सुपर लिगको फ्रेन्चाइजी

दुवै पक्षले आज एक सम्झौता गर्दै आउँदो आठ वर्षका लागि सम्झौता फ्रेन्चाइजीको सम्बन्धमा हस्ताक्षर गरेको एन्फाले जानकारी दिएको हो।
 |  मंगलबार, पुस ५, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ५, २०७९

काठमाडौं– अखिल नेपाल फुटबल संघ(एन्फा) ले १७ करोड ५० लाखमा नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालिलाई फ्रेन्चाइजी विक्री गरेको छ।

दुवै पक्षले आज एक सम्झौता गर्दै आउँदो आठ वर्षका लागि सम्झौता फ्रेन्चाइजीको सम्बन्धमा हस्ताक्षर गरेको एन्फाले जानकारी दिएको हो।

स्पोर्ट्स एन्ड इभेन्ट मेनेजमेन्ट प्रालिले ढेड वर्षअघि नेपालमा पहिलो संस्करणको नेपाल सुपर लिग आयोजना गरेको थियो। कोभिड-१९ को महामारीका कारण त्यो प्रतियोगितामा दर्शकले प्रत्यक्ष हेर्न पाएका थिएनन्।

त्यसपछि यो प्रतियोगिता आयोजनाका लागि दुई पटक मिति तोकिए पनि आयोजना हुन सकेको थिएन। पछिल्लो समय प्रतियोगिता नभएपछि नेपाली खेलाडी विदेशीने क्रम पनि बढिरहेको छ।

त्यसैले प्रतियोगिता नभएपछि एन्फाले पनि आलोचना खेपिरहेको थियो। यसअघि एन्फा र सुपर लिगको आयोजकबीच लेनेदेनको अन्योलता भएपछि प्रतियोगिता आयोजना हुन सकिरहेको थिएन।

तर मंगलबार सम्झौता गर्दै आयोजकले एन्फालाई पहिलो संस्करणवापत एक करोड ५० लाख पनि प्रदान गरेको छ। तर अहिलेसम्म प्रतियोगिताको मिति भने तय हुन सकेको छैन्।

प्रकाशित: Dec 20, 2022| 21:16 मंगलबार, पुस ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।