आइतबार, कात्तिक २, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • अन्तर्राष्ट्रिय करातेमा नेपाललाई १० स्वर्ण, नानुलाई एमएमए बेल्ट

अन्तर्राष्ट्रिय करातेमा नेपाललाई १० स्वर्ण, नानुलाई एमएमए बेल्ट

भारतको मुम्बइमा सम्पन्न अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा नेपालले १० स्वर्ण र २ रजत पदक प्राप्त गर्न सफल भएको छ।
 |  सोमबार, पुस ४, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, पुस ४, २०७९

काठमाडौं – भारतको मुम्बइमा सम्पन्न अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा नेपालले १० स्वर्ण र २ रजत पदक प्राप्त गर्न सफल भएको छ।  मुम्बइबाट प्रतियोगिताका रेफ्री समेत रहेका प्रशिक्षक रविन्द्र मानन्धरले नेपालले १२ पदत जितेको जानकारी दिएका हुन्।

Kumaribank

‘मिक्स मार्सल आर्ट फेडेरेशन इन्डियाको आयोजनामा पौष ३ गते सम्पन्न च्याम्पियनसिपमा नेपालकी नानु शाक्यले वेष्ट अफ द वेष्ट फिमेल फाइटको उपाधी सहित मिक्स मार्सल आर्टको एमएमए बेल्ट प्राप्त गर्न सफल भएकी छन्,’ टोली नेता समेत रहेका मानन्धरले भने।

नेपालले राजकुमार श्रेष्ठ, अमृत थोकर र मनिष कार्की सम्मिलित पुरुष टिम कातातर्फ स्वर्ण जित्न सफल भएको हो। पुरुषतर्फ टिममा स्वर्ण जित्न सफल अमृत थोकरले ५५ केजी कुमिते र मनिष कार्कीले जुनियर ब्यक्तिगत कातामा स्वर्ण जित्न सफल भएका थिए।

यसै गरि श्रीजना महतारा, नानु शाक्य र सञ्जु देसार सम्मितिल टोलीले नेपालका लागि महिला टिममा पनि स्वर्ण जितेका छन्। श्रद्धा थापाले सिनियर काता तथा ६१ केजी कुमिते तर्फ स्वर्ण जितिन्। श्रीजना महताराले क्याडेट ब्यक्तिगत कातामा स्वर्ण तथा ५५ केजी कुमिते तर्फ रजत जोडिन्।

नानु शाक्यले ५० केजी कुमितेमा स्वर्ण र जुनियर ब्यक्तिगत कातामा रजत प्राप्त गरिन्। नेपालका लागि स्वर्ण जोड्ने क्रममा टिममा स्वर्ण प्राप्त गरेकी सञ्जु देसारले जुयिनर ब्यक्तिगत काता र ४५ केजी कुमितेमा पनि स्वर्ण जित्न सफल भईन्।

Metro Mart

नेपालको टिम प्रशिक्षकमा राकेश श्रेष्ठ र ब्यवस्थापकमा सानुभाई थापा मगर रहेका थिए। च्याम्पियनसिपमा नेपाल, भारत र रशियाका गरि ४२५ खेलाडीहरुको सहाभागिता रहेको थियो।


प्रकाशित: Dec 19, 2022| 17:51 सोमबार, पुस ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।