शुक्रबार, फागुन २९, २०८२

इन्फर्मेटिक्स कलेज पोखराका विद्यार्थी दीक्षित

इन्फर्मेटिक्स कलेज पोखराको दिक्षान्त समारोह सम्पन्न भएको छ।
 |  सोमबार, पुस ४, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, पुस ४, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- इन्फर्मेटिक्स कलेज पोखराको दिक्षान्त समारोह सम्पन्न भएको छ। समारोहमा  स्नातक तह अन्तर्गत विशेषज्ञताहरु विएससी (अनर्स) कम्प्युटिंग र बिए (अनर्स) बिजेनस प्रशासनका २०२२ मा पास भएका १८१ जना विद्यार्थीहरु सहभागी भएको कलेजले जनाएको छ।

समारोहमा बिए (अनर्स) बिजनेस प्रशासनका विषयमा स्नातक तह गर्ने १३ जना र बीएससी (अनर्स) कम्प्युटिंग तह पुरा गर्ने १६८ जना विद्यार्थी गरि जम्मा १८१ विद्यार्थी दिक्षित भएका थिए। बेलायतको लण्डन मेट्रोपोलिटन विश्वविधालयबाट सम्बन्धन प्राप्त सो कलेज इनोभेट नेपाल ग्रुपद्वारा संचालित गरेको छ। दिक्षान्त समारोहमा विश्वविद्यालयका हेद अफ एकेडेमिक पार्टनरसीप डा. वेन्डी ब्लोईसीले विद्यार्थीलाई दिक्षान्तको प्रमाणपत्र प्रदान गरेकी थिइन्। 

दिक्षान्त समारोहमा बोल्दै आइएनजीका संस्थापक अध्यक्ष शुलभ बुढाथोकीले यस कलेजमा अध्ययनरत विद्यार्थीले नेपालको सरकारी निकाय, उत्कृष्ट व्यापारिक प्रतिष्ठानहरुमा रोजगारी पाएको बताए। उनले बेलायती विश्वविद्यालयको डिग्री विश्वकै उत्कृष्ट रहेको दाबी गर्दै यहाँ पढ्ने विद्यार्थीहरु सूचना प्रविधि क्षेत्रमा अग्र स्थानमा रहेको धारणा राखे। अध्यक्ष बुढाथोकीले नेपालमा बेलायती शिक्षाले गर्दा विद्यार्थीमा स्वध्ययन बढेको धारणा व्यक्त गर्दै उनले दिक्षित विद्यार्थीहरुको उज्ज्वल भविष्यको शुभकामना दिए।


प्रकाशित: Dec 19, 2022| 17:39 सोमबार, पुस ४, २०७९
प्रतिक्रिया दिनुहोस्