शुक्रबार, फागुन २९, २०८२

चिकित्सक संघको निर्वाचन मनोनयन दर्ता सुरु

नेपाल चिकित्सक संघको निर्वाचनको लागि मनोनयन दर्ता सुरु भएको छ। आगामी माघमा हुने निर्वाचनका लागि मनोनयन सुरु भएको हो।
 |  सोमबार, पुस ४, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, पुस ४, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– नेपाल चिकित्सक संघको निर्वाचनको लागि मनोनयन दर्ता सुरु भएको छ। आगामी माघमा हुने निर्वाचनका लागि मनोनयन सुरु भएको हो। संघको केन्द्रीय समितिका लागि एक अध्यक्ष, एक वरिष्ठ उपाध्याक्ष, सात उपाध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष, एक सहसचिव, एक सहकोषाध्यक्ष, ६ सदस्य गरी १९ जना र संघको परिषद् सदस्य ६० जनाको लागि निर्वाचन हुँदैछ।

संघको अध्यक्षमा प्रजातान्त्रिक समूहबाट अनिलबिक्रम कार्की र एमाले निकट चिकित्सकहरुको संगठनबाट अध्यक्षमा डा. सन्तोष पौडेलले उम्मेद्दारी दिँदै छन्। प्रजातान्त्रिक समूहबाट डा. कार्कीसँगै डा. भूपेन्द्र बस्नेत र डा. बद्री रिजाल आकांक्षी भए पनि कार्कीलाई अध्यक्ष बनाउने संगठनको निर्णय भएको हो। 

सो समूहबाट महासचिवमा डा. सञ्जिव तिवारीले उम्मेदवारी दिने भएका छन्। महासचिवमा डा. विश्वराज दवाडी र डा. प्रकाश बुढाथोकी पनि आकांक्षी भए पनि तिवारीलाई महासचिवको उम्मेद्दार बनाउने संगठनको निर्णय भएको हो। त्यस्तै एमाले निकट चिकित्सकको संगठनबाट महासचिवमा डा. रक्षा श्रेष्ठलाई उम्मेद्दारी बनाउने तयारी भएको छ।

प्रकाशित: Dec 19, 2022| 13:04 सोमबार, पुस ४, २०७९
प्रतिक्रिया दिनुहोस्