शुक्रबार, साउन १, २०८३

चितवनको कुमरोजमा ग्लोबलको नयाँ शाखा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- ग्लोबल आइएमई बैंकले २०७५ आश्विन ४ गते बिहीबार नयाँ शाखारहित बैंकिङ् सेवा सञ्चालनमा ल्याएको छ। थप गरिएको शाखारहित बैंकिङ सेवासँगै बैंकको शाखारहित बैंकिङ सेवासंख्या १०३ पुगेको छ।

बैंकले चितवनको खैरहानी नगरपालिका-१२कुमरोजमाआफ्नो १०३औँशाखारहित बैंकिङ्गसेवा शुरु गरेको हो। उक्त शाखारहित बैंकिङसेवाको उद्घाटन जनप्रतिनिधि, बुद्धिजीवि तथा स्थानीयवासीहरुको रोहवरमा गरिएको छ।

कुमरोजमा खोलिएको शाखारहित बैंकिङ सेवाको लागि स्थानीय राजेन्द्र श्रेष्ठलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ। यो शाखारहित बैंकिङ सेवा ग्लोबल आइएमई बैंकको टाँडी शाखाअन्तर्गत रहने छ। 

शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले आफ्नो गाउँमै स्थानिय प्रतिनिधिमार्फत बैंकिङ सेवा लिन सक्नेछन। यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, मोबाइल रिर्चाज गर्नेलगायतका सेवा लिन सक्नेछन्।
 
कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दा बैंकिङ सेवा उपभोग गर्नका लागि टाढा-टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरी ग्लोबल आइएमई बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ सेवा शुरु गरेको हो। 

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्‍याउने उद्देश्यले १३२ शाखा, १३८ एटिएम, ५ एक्सटेन्सन काउण्टर, १५ वटा राजश्व संकलन काउण्टर र १०३ शाखा रहित बैंकिङ्ग सेवा, विदेशमा ३ प्रतिनिधि-सम्पर्क कार्यालयमाफर्त आफ्ना ९ लाखभन्दा बढी ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्