आइतबार, मंसिर ९, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

सामुदायिक वनमै कुहिन थाले काठ

पूर्व पश्चिम राजमार्गको नारायणघाट बुटवल सडक विस्तारको क्रममा पूर्वी नवलपरासीको सामुदायिक वनमा काटिएका काठ दाउरा कुहिँदै जान लागेका छन्।
 |  सोमबार, पुस ४, २०७९
nespernesper

रासस

रासस

सोमबार, पुस ४, २०७९

कावासोती– पूर्व पश्चिम राजमार्गको नारायणघाट बुटवल सडक विस्तारको क्रममा पूर्वी नवलपरासीको सामुदायिक वनमा काटिएका काठ दाउरा कुहिँदै जान लागेका छन्। 

triton college

सडक विस्तारका क्रममा जिल्लाको मध्यवर्ती क्षेत्रमा पर्ने सामुदायिक वनका तीन हजार आठ सय ३१ रुख काटेर सम्बन्धित सामुदायिक वनको घाटगद्दीमा राखिएका थिए। ती काठ दाउरा कुहिएर अहिले काम नलाग्ने अवस्थामा पुगेका हुन्। 

जिल्लाको सिख्रौली, शिसवार, र लामिचौर उपभोक्ता समितिअन्तर्गतका पाँच  मध्यवर्ती वनमा काठ दाउरा करिब तीन वर्ष अगाडि काटेर राखिएको भए पनि सामुदायिक वन समितिले उपभोक्तालाई वितरण गर्न नपाउदा कुहिएर काम नलाग्ने अवस्थामा पुगेको कावासोती–१२ मा रहेको राजरत्न सामुदायिक वनका अध्यक्ष विष्णु लम्सालले बताए। 

‘सडक निर्माण कम्पनी या चितवन राष्ट्रिय निकुञ्ज कस्को कारणले रोकिएको हामीलाई जानकारी छैन, वनमा काठ कुहिएर काम नलाग्ने अवस्थामा छन्’, उनले भने।

नारायणघाट बुटवल सडक आयोजना विस्तार गर्ने क्रममा रुखबाट निस्किएका काठ र दाउरा आफूहरुले सम्बन्धित सामुदायिक वनमा घाटगद्दीमा सुरक्षा गार्डको निगरानी राखेको भए पनि चितवन राष्ट्रिय निकुञ्जले आवश्यक प्रक्रिया ढिलो गरेका कारणले काठ र दाउरा सामुदायिक वनका उपभोक्ताले पाउन नसकेको सडक आयोजनाको कावासोती कार्यालयका आयोजना व्यवस्थापक राकेश झाले बताए। 

Metro Mart
vianet

‘हामीले सुरक्षा गार्डसहित काठ र दाउरा सामुदायिक वनमा घाटगद्दीमा राखेका छौं, सामुदायिक वनलाई हस्तान्तरण गर्न पटकपटक निकुञ्ज कार्यालयमा पत्रचार गरेका छौं, वितरण कसरी गर्ने कहिले गर्ने यो निकुञ्जको जिम्मा हो’, उनले भने। 

सडक आयोजना विस्तारको क्रममा निर्माण कम्पनी, चितवन राष्ट्रिय निकुञ्ज र उपभोक्ता समितिसहितको बैठकले काटिएका रुखबाट निस्किएका काठ र दाउरा सम्बन्धित सामुदायिक वनलाई दिने गरी सहमति भएको बताउँदै सामुदायिक वनमार्फत उपभोक्तालाई काठ दाउरा वितरण गर्न आफूहरुले पहल गरिरहेको लामीचौर उपभोक्ता समितिका अध्यक्ष वासुदेव पौडेलले बताए। 

केही प्रक्रिया गत कुराले रोकिएको र छिट्टै उपभोक्ताले पाउने गरी वितरण हुने निकुञ्ज कार्यालयबाट आफूले जानकारी पाएको उनको भनाइ छ। रुख काटेर घाटगद्दी गरिएलगत्तै कोरोना कहर सुरु भएको हुँदा त्यो बेला वितरणको काम रोकिएको बताउँदै चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत तथा सूचना अधिकारी गणेशप्रसाद तिवारीले काठ दाउराको पुनः लगत संकलन सुरु गरिएको जानकारी दिए। 

निर्माण कम्पनीले घाटगद्दी गर्दा आवश्यक मापदण्ड नअपनाएको र त्यो बेला काठ दाउरामा लगाइएका संकेत मेटिएकाले फेरि लगत संकलन गरिएको उनको भनाइ थियो। लगत संकलनको काम अन्तिम चरणमा पुगेको हुँदा निकुञ्ज कार्यालयमा अन्तिम प्रतिवेदन आउनासाथ सामुदायिक वनलाई काठ दाउरा हस्तान्तरणको काम अगाडि बढाइने सूचना अधिकारी तिवारीले बताए।

प्रकाशित: Dec 19, 2022| 09:00 सोमबार, पुस ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।