बिहीबार, असार ३२, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सुनकाे मूल्य ताेलामा चार सयले बढ्याे, कतिमा भइरहेकाे छ काराेबार ?

सुनकाे मूल्य ताेलामा चार सयले बढ्याे, कतिमा भइरहेकाे छ काराेबार ?

 |  बिहीबार, असार ३२, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, असार ३२, २०८३

काठमाडौं- स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ। बुधबारको तुलनामा सुन तोलामा रु ४०० ले बढेको छ भने चाँदी रु ९० ले घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मोल रु दुई लाख ८५ हजार २०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु चार हजार ३२५ निर्धारण भएको छ। 

हिजो एक तोला सुन रु दुई लाख ८४ हजार ८०० र चाँदी चार हजार ४१५ मा खरिदबिक्री भएको थियो। 

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ५९  र चाँदी ५७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित: Jul 16, 2026| 11:20 बिहीबार, असार ३२, २०८३
प्रतिक्रिया दिनुहोस्