शुक्रबार, साउन १, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • इलेक्ट्रोनिक भेहिकलको आकर्षण, डेढ रुपयाँमै एक किलोमिटर माइलेज

इलेक्ट्रोनिक भेहिकलको आकर्षण, डेढ रुपयाँमै एक किलोमिटर माइलेज

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- ठूला गाडी कम्पनीहरुले धमाधम विद्युतिय गाडीहरु (इलेक्ट्रोनिक भेहिकल) बिक्री गर्न शुरु गरेको छ। विश्वव्यापी रुपमा इन्धनका गाडीहरु हटाउने योजना अघि बढेसँगै नेपालका ठूला कम्पनीहरु पनि विद्युतिय  गाडी आयात र बिक्री गर्नेतर्फ आकर्षित भएका हुन्। गाडी बिक्रीकर्ता कम्पनीहरुले समयको मागअनुसार कुनै पनि देश विद्युतिय गाडीमा नगए उपायनै नहुने बताउँछन्।

सात वर्षअघिदेखिनै  अग्नि इनर्जी प्रालिले महिन्द्राको विद्युतिय गाडीहरु नेपाली बजारमा भित्र्याइसकेको छ। त्यसैगरी दुई वर्षअघिदेखि किया ब्रान्ड गाडीको आधिकारी बिक्रेता कन्टीनेन्टल ट्रेडीङ इन्टरप्राइजेज प्रालिले सोल इभी बिक्री गर्दै आइरहेको छ। 

ती कम्पनीहरुसहित नेपाली बजारमा विद्युतिय गाडी बिक्री गर्ने कम्पनीहरु धमाधम थपिदै गएका छन्। पछिल्लो समय फोर्ड गाडी बिक्रेता कम्पनी जिओ अटोमोबाइल्स, हुन्डाइ गाडी बिक्री गर्दै आएको लक्ष्मि इन्टरकन्टीनेन्टल र टाटाको गाडी बिक्री गर्दै आएको सिप्रदी ट्रेडीङले विद्युतिय ‘इभी’ गाडी नेपाली बजारमा भित्रउने भएको छ । त्यसध्ये हुन्डाइले भने बिक्री गर्न नै शुरु गरिसकेको छ।

लक्ष्मि हुन्डाइका आफ्टर सेल्स एजिएम दिपक थपलियाले भरखरै सम्पन्न नाडा अटो शोबाटै हुन्डाइको इभी गाडी बिक्री गर्न शुरु गरेको बताए। कम्पनीले अहिले आईओनिक, कोना लगायतका गाडीहरु भित्र्याएको हो।

विश्व नै सन् २०२५÷३० सम्ममा इन्धनको गाडी त्याग्दै विद्युतिय गाडीमा जादैछ। त्यसैले पनि अब कुनै पनि देश समय सापेक्षताको आधारमा र वाध्यताबस इभीमा नजानुको बिकल्पै नभएको उनी बताउँछन्। 

‘विश्वव्यापी रुपमा अब इन्धनको गाडीलाई विस्थापन गर्दै विद्युतिय गाडीमा अघि बढिसकेको छ,’ उनले भने ‘त्यसकारण पनि माग, किफायती तथा समय सापेक्ष रुपमा कम्पनीहरु विद्युतिय गाडीमा गएका हुन्।’ 

उनकाअनुसार नाडा अटोशोको प्रयोजनका लागि ल्याइएको केही गाडीहरु तत्कालै बिक्री भए। बाँकी गाडीहरु तीन÷चार महिना भित्र बजारमा भित्रिदैछ । यसले पनि पुष्टि हुन्छ । विद्युतिय गाडीको माग ब्यापक छ। 

कम्पनीहरुकाअनुसार पछिल्लो समय सवारी पारखीहरु ह्वात्तै विद्युतिय गाडीप्रति आर्षित भएका छन्। इन्धन गाडीभन्दा विघुतिय गाडी चलाउन सहज, सस्तो, वातावरणमैत्री, भविश्यलाई मध्यनजर गर्दै इभी गाडीनै रोज्ने खोज्ने गरेका छन्। 

अहिले देशकै उच्चपदस्त व्यक्तिहरुले इलेक्ट्रिक गाडीको प्रयोग बढेको छ । पूर्वराजा ज्ञानेन्द्र, राष्ट्रपति विद्यादेवी भण्डारी र उर्जा मन्त्री वर्षमान पुनले विद्युतिय सवारी प्रयोग गरेका छन्। 

जसमा पूर्व ज्ञानेन्द्रले कियाको सोल इभी, राष्ट्रपती भण्डारीले चिनियाँ बीवाईडी कम्पनीको ई–सिक्स मोडल कार चढेका छन्। त्यस्तै पूर्र्व सचिव रामेश्वर खनाल, वल्ड वाइड फण्ड फर नेचर नामक संस्था लगायत नेपालका विभिन्न उच्च सरकारी अधिकारी, विभिन्न गैरसरकारी, व्यवसायी तथा सर्वसाधरणहरुले विद्युतीय गाडी खरिद गर्न थालेका छन्। 

हुन्डाइको आयोनीक र नेक्स्ट कोना

लक्ष्मी इन्रकन्टीनेन्टलले नेपाली बजारमा हुन्डाइको आयोनीक र कोना विद्युतिय गाडी ल्याएको छ । उक्त विद्युतिय गाडी ६ सिट क्षमताको सेडान हो । गाडीको ब्याट्री २८ किलोवाट क्षमताको छ । हुन्डाइका एजिएम थपलियाले गाडीलाई फुल चार्ज गरे २२० देखि २५० किलोमिटर गुड्ने उनको भनाइ छ । 
त्यसबाहेक १० प्रतिशत अर्थात ४० किलोमिटर चार्ज रिजेनेरेशन ब्रेकको माध्यमबाट उत्पादन हुन्छ ।

गाडीको मूल्य कम्पनीले ५२ लाख ९६ हजार रुपैयाँ तोकेको छ। ‘एक किलोमिटर गाडी गुड्दा एक रुपैयाँ ५० पैसा मात्रै खर्च लाग्छ,’ उलने भने ‘७-८ सय किलोमिटर गुड्दा करिब १२ सय रुपैयाँ चार्जको लागत लाग्छ।’

सामान्यतया पेट्रोलियम पदार्थको गाडीहरुको लागि एक किलोमिटर गुड्न साढे ११ रुपैयाँ लाग्छ। त्यसको तुलनामा विद्युतिय गाडी गुडाउदा प्रतिकिलोमिटर १० रुपैयाँ सस्तो हुने देखिन्छ।

गाडीमा प्रयोग गरिने ब्याट्रीको एक्स्पायर अबधि १५ वर्ष रहेकोछ भने, ८ वर्ष वारेन्टी दिइन्छ। गाडीमा २९५ एनएम (न्युटन मिटर) टर्क  दिन्छ । सेफ्टीको लागि ६ ओटा एयरब्याग उपलब्ध छ । साथै अटोमेटीक एमेर्जेन्सी ब्रेक जडान गरिएको छ।

रेनोको ज्वे

रेनोको गाडीको लागि आधिकारीक बिक्रेता एड्भान्ड अटोमोबाइल्सले विद्युतिय गाडी रेनो ज्वे  नेपाली बजारमा ल्याउने भएको छ । कम्पनीले आगामी पाँच महिनापछि उक्त गाडीको बिक्री शुरु गर्ने जानकारी दिएको  छ।

कम्पनीअनुसार उक्त गाडी स्टेशनमा चार्ज गर्नको लागि दुई घन्टा भने त्यसबाहेकका स्थानमा चार्ज गर्न करिब ८ घन्टा लाग्छ ।  एक पटक फुल चार्ज गरेपछि गाडी  ४०० किलोमिटर गुड्ने कम्पनीले जानकारी गराएको छ। पाँच जना सिट क्षमताको उक्त गाडीको मूल्य ४० देखि ५० लाख रुपैयाँसम्म पर्ने बताइएको छ । 

सो ह्याजब्याक यूरोपमा सार्वजनिक भइसकेको  छ। गाडी प्रतिघन्टा १३५ किलोमिटरसम्म गुड्छ।

टाटाको टिगोर इभी

नेपालमा टाटा गाडीको आधिकारीक बिक्रेता सिप्रदि ट्रेडीङले नेपाली बजारमा पाँच महिनाभित्र टाटा टिगोर इभि ल्याउने भएको छ।कम्पनीले उक्त गाडीको मूल्य ३२ लाख रुपैयाँको हाराहारीमा पर्ने जानकारी दिएको छ। 

पाँच जनाको सिट क्षमता भएको उक्त गाडीमा लिथियम ब्याट्री जडान गरिएको छ । कम्पनीले गाडीको खरिदमा पाँच वर्षको वारेन्टी दिने भएको  छ। कम्पनीकाअनुसार गाडी एक पटक फुलचार्ज गरेपश्चात १४९ किलो मिटर गुड्छ । स्टेशनमा चार्ज गरे ९० मिनेटमा फुल चार्ज हुन्छ भने घरमा चार्ज गरे ६–७ घन्टा लाग्छ।

सेमी अप्सनको उक्त सेडानको डाउन क्लीयरेन्स १७० मिलिमिटर तथा वुट स्पेश २६० लिटर रहेको कम्पनीको भनाइ छ।

महिन्द्राको इभेरीटो र सुप्रो भेन 

अग्नी इनर्जी प्रालिले पछिल्लो समय इभेरीटो सेडान र इसुप्रो विद्युतिय भेन नेपाली बजारमा ल्याएको छ। अग्नी इनर्जी प्रालीका सेल्स डिपार्टमेन्ट सिनियर म्यानेजर प्रमोद भण्डारीले कम्पनीले सान् ०१० देखिनै विद्युतिय गाडी बिक्री गर्न शुरु गरेको बताए। 

‘त्यसबेलादेखि यता जति पनि कम्पनीले इभी गाडी बिक्री गर्यो,’ उनले भने ‘ती ग्राहकहरु असन्तुष्ट छैनन्।’ विगतमा इभी गाडीलाई ग्राहकले पत्याउदैनन् थिए । अहिले समय परिवर्तन भएको छ । अधिकांश ग्राहकहरु इभीप्रति आकर्षित भएका छन् । त्यसैले ठूल–ठूला गाडी कम्पनीहरु पनि  इभी गाडी ल्याउन शुरु गरेको उनको भनाइ छ । 
उनकाअनुसार इन्धनबाट चल्ने गाडीको भन्सार शुल्कको तुलनामा इभी गाडीको न्यून छ।

‘इन्धनबाट चल्ने गाडीको भन्सार शुल्क २५६ प्रतिशत छ भने इभी गाडीको मात्रै ३५ प्रतिशत छ,’ उनले भने ‘गएको वर्षहरुको तुलनामा गाडीको मूल्य समेत घट्दै गइरहेको छ।’

विगतमा थोरै संख्यामा गाडीको बिक्री हुन्थ्यो । मूल्य धेरै पथ्र्याे। अहिले गाडीको बिक्री संख्या बढेको बढेकै छ । त्यसैगरी मूल्य भने पछिल्लो समय घट्दै गइरहेको छ । 
महिन्द्राको इभी २० देखि २८ लाख रुपैयासम्म बजारमा उपलब्ध छ। उनकाअनुसार कम्पनीले पहिलो चरणमा इटुओ पीफोर नेपली बजारमा भित्र्याएको थियो । अहिले त्यो सेग्मेन्ट इटुओ पी ८ सम्म पुगेको छ। 

त्यसपछि सेडानमा इभेरीटो र इसुप्रो भेन नेपाली बजारमा ल्याएको हो। सबैभन्दा कम इटुओको मूल्य २० लाख ३५ हजार रुपैयाँ पर्छ भने सबैभन्दा बढी इभेरीटोको मूल्य कम्पनीले २८ लाख ८० हजार रुपैयाँ तोकेको छ।

‘हामीले दशैको अवसरमा ५० हजार रुपैयाँ छुट दिएका छौं,’ उनले भने। कम्पनीले करिब मासिक २० ओटा विद्युतिय गाडी बिक्री गरिरहेको छ। 

वर्षमा करिब २४० ओटा बिक्री हुन्छ। ग्राहकहरुको आकर्षण इभीप्रति बढ्दै गएको कारणले यस वर्ष साढे ३ देखि चार सयको हाराहारीमा विद्युतिय गाडी बिक्री गर्ने अपेक्षा गरेको उनले जानकारी दिए।

कियाको सोल 

कन्टीनेटल ट्रेडीङ इन्टरप्राइजेज लिमिटेडले सन् ०१६ देखि नै नेपाली बजारमा विद्युतिय गाडी भित्र्याएको हो। कम्पनीले दक्षिण कोरिया ब्राण्डको कियाको सोल इभी नेपाली बजारमा भित्र्याएको हो।

उक्त गाडी सन रुफ भएको सोल इभीलाई ५८ लाख र नभएकोलाई ५६ लाख रुपैयाँमा बिक्री गर्दै आएको छ। सो इभी फुल चार्ज गरेपछि २१२ किलोमिटरसम्म गुड्छ । डीसीबाट चार्ज गरे ३० मिनेटमा ८० प्रतिशत चार्ज हुन्छ।

पाँच जना क्षमता भएको सो गाडीमा सेफ्टीको लागि ६ ओटा एयरब्याग, अटोमेटीक पार्कीङ सेन्सर लगायत जडान गरिएको छ। कम्पनीका सेल्स एक्ज्युकेटीभ अशोक पन्डितले हालसम्म सय ओटा विद्युतिय गाडी नेपाली बजारमा बिक्री भइसकेको बताए।

उक्त गाडी खरिदमा कम्पनीले ३ वर्ष अथवा एक लाख किलोमिटर र ब्याट्रीमा ७ वर्ष वारेन्टी दिने जानकारी गराए। ‘कम्पनीले चाडै कियाको नयाँ इभीको मोडलहरु समेत ल्याउने प्रक्रियामा अघि बढिसकेको छ,’ उनले भने।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्