शुक्रबार, फागुन २९, २०८२

लामो समय हाजिर नभएपछि चिकित्सक खोज्दै वीर अस्पताल

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान र कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालअन्तरगतको वीर अस्पतालले आफ्ना केही स्टाफ लामो समयदेखि हराएको भन्दै खोजी सुरु गरेको छ।
 |  आइतबार, पुस ३, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, पुस ३, २०७९

कठमाडौं- चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान र कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालअन्तरगतको वीर अस्पतालले आफ्ना केही स्टाफ लामो समयदेखि हराएको भन्दै खोजी सुरु गरेको छ। अस्पतालले न्याम्सअन्तरगत एक चिकित्सक र पाँच स्टाफ नर्स गरी कुल ६ जनाको नाममा ३० दिनभित्र हाजिर हुन सूचना जारी गरेको छ।  

National life

लामो समयदेखि बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित रहेको भन्दै वीर अस्पतालले सूचना जारी गरेको हो।

तोकिएको अवधीमा उपस्थित नभए प्रतिष्ठानको (कर्मचारी सेवाका सर्त तथा सुविधा सम्वन्धी) नियमावली, २०६५ को नियम १३३ को उपनियम (घ) बमोजिम कारवाही गर्ने चेतावनी दिएको छ।

न्याम्सले सूचना जारी गरेका स्टाफहरूमा रजिष्ट्रार/ट्युटर डा. सृष्टि शाह र स्टाफ नर्सहरू (पाँचौँ तहका) जमुना सिटौला, ओमदेवी पुन, शान्ति लम्साल, सम्झना श्रेष्ठ र सुशीला ढकाल रहेका छन्। साथै युनिफाइड केन्द्रीय अस्पतालअन्तरगर्तको वीरमा कार्यरत अन्य ६ जनाको नाममा पनि ३० दिनभित्र हाजिर हुन सूचना जारी गरेको छ। 

अनमीद्वोय छैटौँ तहका साहिदा सुब्बा र अनिता बसेल, पाँचौँ तहका स्टाफ नर्स सकिला चौलागाईं, अन्जुकला राई, सरस्वती अर्याल र रेणुका अधिकारीलाई पनि ३० दिनभित्र हाजिर हुन भनिएको छ। सूचनामा तोकिएको अवधीमा उपस्थित नभए स्वास्थ्य सेवा ऐन २०५३ को दफा ७४ (ज) बमोजिम कारबाही हुने उल्लेख गरेको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Dec 18, 2022| 13:40 आइतबार, पुस ३, २०७९
प्रतिक्रिया दिनुहोस्