शुक्रबार, फागुन २९, २०८२

भ्याली भ्यु स्कुलका अध्यक्ष डा. खगेन्द्रप्रसाद ओझा सम्मानित, शिक्षक र विद्यार्थी पनि पुरस्कृत

विद्यालयको शैक्षिक विकास र प्रगतिमा पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सम्मान प्रदान गरेका हुन्।
 |  शुक्रबार, पुस १, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १, २०७९

काठमाडौं- काठमाडौंको नयाँ बानेश्वरस्थित भ्याली भ्यु स्कुल व्यवस्थापन समितिका अध्यक्ष डा. खगेन्द्रप्रसाद ओझा सम्मानित भएका छन्।

National life

काठमाडौं महानगरपालिकाको २८औँ महानगर दिवसका अवसरमा  काठमाडौं महानगरपालिका, शिक्षा विभागद्वारा वरिष्ठ शिक्षाविद् ओझालाई विद्यालय व्यवस्थापनको सफल नेतृत्व गरी विद्यालयको शैक्षिक विकास र प्रगतिमा पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सम्मान प्रदान गरेका हुन्। 

महानगर दिवसका अवसरमा शिक्षा विभाग, काठमाडौंले आयोजना गरेका अतिरिक्त क्रियाकलापका तीन ओटा विधाका ६ ओटा क्षेत्रीय तथा केन्द्रीय सबै प्रतियोगितामा भ्याली स्कुलका शिक्षक तथा विद्यार्थीले जित हासिल गरी पुरस्कार प्राप्त गर्न सफल भएका छन्। पुरस्कृत हुनेमा अन्तर माध्यमिक विद्यालयस्तरीय शिक्षकहरूको वक्तृत्वकला प्रतियोगितातर्फ माध्यमिक तहका शिक्षक योगराज पौडेलले क्षेत्रीयस्तरमा प्रथम र केन्द्रीयस्तरमा द्वितीय स्थान प्राप्त गरी नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गरेका छन्। 

छात्रछात्रातर्फ आधारभूत तहको चित्रकला प्रतियोगितामा भ्याली भ्यु स्कुलको कक्षा ७ की छात्रा प्रकृति शाक्यले क्षेत्रीय तथा केन्द्रीय दुवै प्रतियोगितामा प्रथम स्थान हासिल गरेकी छन्।

यसैगरी माध्यमिक तहको निबन्ध प्रतियोगितामा पनि भ्याली भ्यु स्कुलको कक्षा १० का छात्र आविष्कार खड्काले क्षेत्रीय प्रतियोगितामा छनोट भई केन्द्रीय प्रतियोगितामा प्रथम स्थान हासिल गरेका छन्। अतिरिक्त क्रियाकलापका विजयी शिक्षक तथा सबै विद्यार्थीलाई उपमेयर सुनिता डंगोलले नगद तथा प्रमाण–पत्र वितरण गरेकी थिइन्।

Laxmi sunrise bank
kumari

भ्याली भ्यु स्कुलका प्राचार्य सुभाषचन्द्र भण्डारीले गुणस्तरीय शिक्षण सिकाइका साथै अतिरिक्त क्रियाकलापमा समेत विद्यालयलाई अब्बल बनाउने लक्ष्यअनुरूप बालविकासका आयाम अभिवृद्धि र विद्यार्थीको प्रतिभा निर्माणका लागि भ्याली भ्यु स्कुल सदैव अग्रसर रहेको बताए।

प्रकाशित: Dec 16, 2022| 20:11 शुक्रबार, पुस १, २०७९
प्रतिक्रिया दिनुहोस्