शुक्रबार, फागुन २९, २०८२

जैमिनीमा एक माध्यमिक विद्यालय, एक अक्षय कोष अभियान

गरिब तथा जेहेनदार विद्यार्थीलाई छात्रावृत्ति उपलब्ध गराउने उद्देश्यले सबै वडाका माविमा अक्षय कोष स्थापना गर्न लागिएको हो।
 |  शुक्रबार, पुस १, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १, २०७९

बलेवा– बागलुको जैमिनी नगरपालिकामा ‘एक वडा, एक माध्यमिक विद्यालय, एक अक्षय कोष’ अभियान सुरु भएको छ। गरिब तथा जेहेनदार विद्यार्थीलाई छात्रावृत्ति उपलब्ध गराउने उद्देश्यले सबै वडाका माविमा अक्षय कोष स्थापना गर्न लागिएको हो।

National life

सामाजिक संस्था ‘हाम्रो जैमिनी संस्था’ले अक्षय कोष स्थापनाको पहिलो चरणको अभियान सुरु गरेको छ। दाताकै सहयोगका भरमा उक्त अभियान सुरु गरिएको संस्थापक छायादत्त चापागाईंले बताए।

पहिलो चरणमा नगरपालिका–७ जैदीमा रहेको संस्कृत मावि, वडा–८ छिस्तीमा रहेको जनकल्याण मावि, वडा–६ अर्जेवामा रहेको जनकल्याण मावि, वडा–५ बिनामारेमा रहेको सर्वोदय जनक मावि र वडा–४ सर्कुवामा रहेको जनता माविलाई अक्षय कोषको रकम प्रदान गरिएको छ। उक्त संस्थाले विद्यालयमै रहने गरी प्रतिविद्यालय १५ हजार प्रदान गरेको हो। 

कोषबाट आउने वार्षिक व्याजबाट माध्यमिक शिक्षा परीक्षामा उत्कृष्ट अंक ल्याउने वा आवश्यकताका आधारमा जेहेनदार विद्यार्थीलाई विद्यालयले छात्रावृत्ति प्रदान गर्न अन्य स्रोत खोजी गरी कोष वृद्धि गर्न सक्ने उनले बताए।

पहिलो चरणमा पाँच वटा मात्रै विद्यालयका लागि कोषको रकम प्रदान गरिए पनि क्रमशः १० वटै वडाका एक/एक वटा विद्यालयमा पुर्‍याइने संस्थापक चापागाईंले जानकारी दिए। उक्त संस्थाले नेपालमा र विदेशमा रहेका संस्थाका सदस्यबाट स्वःस्फूर्त सहयोग संकलन गरेर कोषका लागि पैसा जम्मा गरेको थियो।–रासस

Laxmi sunrise bank
kumari

प्रकाशित: Dec 16, 2022| 17:40 शुक्रबार, पुस १, २०७९
प्रतिक्रिया दिनुहोस्