शुक्रबार, असोज ३१, २०८२

अन्तरपालिका भलिबलको उपाधि मैलौलीलाई

बैतडीको सुन्दरखालीमा सम्पन्न अन्तरपालिका जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि मेलौली नगरपालिकाले जितेको छ।
 |  बिहीबार, मंसिर २९, २०७९

रासस

रासस

बिहीबार, मंसिर २९, २०७९
Kumaribank
Metro Mart

बैतडी- बैतडीको सुन्दरखालीमा सम्पन्न अन्तरपालिका जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि मेलौली नगरपालिकाले जितेको छ। बुधबार सम्पन्न फाइनल खेलमा मेलौलीले दशरथचन्द नगरपालिकालाई ३–१ ले पराजित गरेको हो।   

पहिलो सेट दशरथचन्दले २५–२३ अङ्कले जितेको थियो। त्यसपछि मेलौलीले २५–२१, २५–१९ र २५–१६ अङ्कले लगातार खेल जित्दै उपाधि रक्षा गरेको हो। उपाधिसँगै मेलौलीले रु एक लाख २५ हजार र ट्रफी प्राप्त गर्यो। उपविजेता दशरथचन्दले रु ७५ हजार र ट्रफी पायोे। तेस्रो भएको पाटन नगरपालिकाले रु ३५ हजार पुरस्कार प्राप्त गर्यो।  

विजेता, उवविजेता र तेस्रो भएको टोलीलाई दशरथचन्द नगरपालिकाका प्रमुख पुस्करराज जोशी, मेलौली नगरपालिकाका प्रमुख भीमबहादुर चन्द, दशरथचन्द नगरपालिकाका उपप्रमुख कौशिला चन्द, नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्दलगायतले पुरस्कार वितरण गरे। तेजबहादुर चन्द ट्रष्टको आयोजनामा यही मङ्सिर २५ गतेदेखि उक्त प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगितामा नौ स्थानीय तहसहित १० टोली सहभागी भएका ट्रष्टका सचिव विनोदबहादुर चन्दले जानकारी दिए।   

प्रकाशित: Dec 15, 2022| 09:35 बिहीबार, मंसिर २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।