शुक्रबार, फागुन २९, २०८२

रिलायन्स लाइफद्वारा सुदूरपश्चिममा मेडिकल अन्डर राइटिङको सम्झौता

रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले सुदुरपश्चिममा मेडिकल अन्डर राइटिंगको लागि विभिन्न अस्पताल तथा प्याथोलोजी ल्याबसँग सम्झौता गरेको छ।
 |  बुधबार, मंसिर २८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २८, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले सुदुरपश्चिममा मेडिकल अन्डर राइटिंगको लागि विभिन्न अस्पताल तथा प्याथोलोजी ल्याबसँग सम्झौता गरेको छ।

कम्पनीले धनगढी स्थित केजी हस्पिटल, अत्तरिया स्थित अत्तरिया अस्पताल , महेन्द्रनगरस्थित लाइफ केयर प्याथोलोजीका साथै लाल रत्न अस्पताल, लम्कीसँग पनि मेडिकल अन्डर राइटिंगको लागि सम्झौता गरेकोे हो। कम्पनीका ग्राहकवर्गलाई छिटो ,छरितो र विश्वासिलो मेडिकल चेक–अप सुविधा प्राप्त होस् भनि सो सम्झौता गरिएको कम्पनीले बताएको छ।

उक्त सम्झौता कार्यक्रममा कम्पनीका तर्फबाट अन्डराइटिङ विभाग प्रमुख एकराज पाठक, रिजनल म्यानेजर ललित बहादुर साउदका साथै कम्पनीका स्थानीय प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।


प्रकाशित: Dec 14, 2022| 17:00 बुधबार, मंसिर २८, २०७९
प्रतिक्रिया दिनुहोस्