बिहीबार, असार ६, २०८१

कम्युनिस्ट भाष्य र सत्ता स्वार्थमा पिल्सिएको माओवादी

माओवादीप्रति जनताको आशा, भरोषा पनि निरन्तर खस्किँदो छ। परिणाम त माओवादीको आकार निरन्तर घट्दो छ। नेकपा माओवादी केन्द्रले पछिल्लो दुई निर्वाचनमा गठबन्धन गरेर भाग लिएको थियो। यसले उसको अस्तित्व भरथेग गरिदिएको छ।
 |  बुधबार, मंसिर २८, २०७९

भानु बोखिम

भानु बोखिम

बुधबार, मंसिर २८, २०७९

खुला राजनीतिमा आउँदा नेकपा माओवादीले कहिले अगाडि एकीकृत राख्यो त कहिले पछाडि केन्द्र थप्यो। शान्ति प्रक्रियाको डेढ दशकमा माओवादी पार्टीले चारवटा निर्वाचनको सामना गरिसकेको छ। पहिलो निर्वाचनमा नसोचेको सफलता हासिल गरेको माओवादी त्यसपछि नचाहेको असफलता स्विकार्न बाध्य छ। माओवादीको खस्कँदो साखको प्रमुख कारण उनीहरूकै व्यवहार हो। तर, सबै दोष पुँजीवादी अर्थ व्यवस्था र विदेशी हस्तक्षेपलाई लगाउँदै आएको छ। 

triton college

खुल्ला राजनीतिमा आउँदै गर्दा माओवादीमा युद्धको प्रभाव बढी नै थियो। एक दशक सशस्त्र युद्धबाट प्रशिक्षित राजनीतिक शक्तिमा यस्तो प्रभाव रहनु स्वाभाविक हो। त्यो समय माओवादीलाई आफूले देखेको र सोचेको सत्य नै अन्तिम सत्य लाग्थ्यो। उनीहरूको सिद्धान्त नै देश र जनताको प्रगतिको अकाट्य साधन थियो। यही नारा र भाष्यको साथ संविधानसभाको निर्वाचनमा होमिएको तत्कालीन नेकपा माओवादी पहिलो दल बन्न पुग्यो। अर्को कम्युनिस्ट दल नेकपा एमाले र मधेस आन्दोलनबाट स्थापित मधेसी जनअधिकारसँग मिलेर करिब दुईतिहाईको सरकार पनि निर्माण गर्‍यो। तर, दुईतिहाईको शक्ति माओवादी नेतृत्वको सरकारले जनताको दैनिकी र जीवन बदल्नको लागि गरेन। सरकारको शक्ति तत्कालीन प्रधान सेनापतिमाथि देखायो जो उसकै लागि प्रत्युत्पादक साबित भयो। 

प्रधान सेनापति काण्डमा प्रचण्डले राजीनामा दिएपछि नयाँ सरकार गठनको प्रक्रिया खुल्यो। नैतिकताको हिसाबले राजीनामा दिए पनि फेरि माओवादी नै सरकार गठन गर्ने दाउमा थियो। नेपाली कांग्रेस माओवादी इतरको सरकार गठन गर्ने तयारीमा थियो। यही बेला कांग्रेसका नेता तथा विचारक प्रदीप गिरीले भने एक टेलिभिजन अन्तरवार्तामा फरक विचार राखे। ठूलो दलको नेताको हिसाबले फेरि पनि प्रधानमन्त्री प्रचण्ड नै हुनुपर्छ भन्ने उनको भनाई थियो। तर, जनताले माओवादीलाई मार्क्सवाद बुझेर मत दिएका हैनन्, नेपाली कांग्रेस र नेकपा एमालेले जनताको हितमा काम नगरेकाले माओवादीलाई मत दिएका हुन्। यो यथार्थ बुझेर प्रचण्डले काम गर्नुपर्छ भनेर सुझाव दिएका थिए। तर, प्रचण्ड र उनको दल नेकपा माओवादी केन्द्रले यो यथार्थ हिजो पनि बुझेन र आज पनि बुझेको छैन। 

माओवादीप्रति जनताको आशा, भरोषा पनि निरन्तर खस्किँदो छ। परिणाम त माओवादीको आकार निरन्तर घट्दो छ। नेकपा माओवादी केन्द्रले पछिल्लो दुई निर्वाचनमा गठबन्धन गरेर भाग लिएको थियो। यसले उसको अस्तित्व भरथेग गरिदिएको छ।

माओवादीले पहिले जनताको हितमा काम गर्न नसक्नु र अहिले नसक्नुको कारण भने बदलिएको छ। हिजो कम्युनिस्ट उन्मादको कारण माओवादीले जनताको हितमा काम गर्न सकेन। फरक विचारलाई पेलेर जानुपर्छ भन्ने सोचमा थियो। आज नातावाद तथा सत्ता स्वार्थको कारण जनताको दुःख, पीडाबाट माओवादी टाढिँदै गएको छ। माओवादीप्रति जनताको आशा, भरोषा पनि निरन्तर खस्किँदो छ। परिणाम त माओवादीको आकार निरन्तर घट्दो छ। नेकपा माओवादी केन्द्रले पछिल्लो दुई निर्वाचनमा गठबन्धन गरेर भाग लिएको थियो। यसले उसको अस्तित्व भरथेग गरिदिएको छ। तर, आशातीत सफलता मिलेको छैन। यसको सार भनेको माओवादीप्रतिको विश्वास घट्दै गएको हो। तर, यो कुरा माओवादी स्विकार्न तयार छैन। सार्वजनिक रूपमा त माओवादीले यो कुरा स्विकार्दैन नै, उसको व्यवहार र प्राथमिकता नियाल्दा माओवादीले आफ्नो कमजोरी बारे एकरत्ति समीक्षा गरेको पाइँदैन। 

पछिल्लो निर्वाचनमा गठबन्धन गरेर पनि आशातीत सफलता हात नलागेपछि महासचिव देव गुरुङले आक्रोश पोखेका छन्। माओवादीको हारमा माओवादीको व्यवहार हैन, विदेशी शक्तिको हस्तक्षेप छ। भलै, यो भनाई महासचिवबाट आयो। तर, महासचिवबाट आएको यस्तो अविव्यक्ति सिंगो माओवादीको कुण्ठा वा पीडाभन्दा अतिशयोक्ति हुँदैन। आफ्नो हार र केही नयाँ दलको उदयप्रति माओवादीको आक्रोश र असन्तुष्टि छ। भलै माओवादीका सबै नेताले खरो असन्तुष्टि पोखेका छैनन्। कति माओवादी नेताले यसलाई लोकतन्त्रको सौन्दर्य भन्न भ्याएका छन्। तर, उनीहरूको यो सुन्दर अभिव्यक्ति कति पीडालाई छिचोलेर आएको छ? अरूले यसको अनुमान मात्र गर्न सकिन्छ। 

Metro Mart

राष्ट्रिय स्वतन्त्रता पार्टी र जनमत पार्टीको उदयप्रति नेकपा एमालेका महासचिव शंकर पोखरेलले पनि खरो टिप्पणी गर्दै आएका छन्। यसमा उनी माओवादीले जस्तै षडयन्त्रको गन्ध पाउँछन्। राजनीतिमा खेलहरू चलिरहन्छ। जसरी अन्य देशको सिद्धान्त र दर्शनबाट राजनीतिक दल प्रभावित हुन्छन्। त्यसै तेस्रो विश्वको निर्वाचन परिणाम विदेशी स्वार्थबाट प्रभावित नहोला भन्न सकिँदैन। यस्तो दलको अंक गणित तलमाथि गर्नु नौलो कुरा हैन। यस्तो परिणाम आउनुमा अस्तित्वमा रहेका राजनीतिक दलको भूमिका हुन्छ कि हुँदैन? निराश जनतालाई कसैले भड्काउन सक्छन् तर जनतालाई निराश बनायो कसले? अबको माओवादीले यतातिर पनि सोच्नु जरुरी देखिन्छ। गणतन्त्र, संघीयता र समावेशीकरणको मुद्दामा माओवादीको देन छ। तर, यी मुद्दालाई संविधानमा लिपिबद्ध गर्दैमा देश र जनताको स्थिति बदलिने हैन। यी आफैँमा साधन हुन सक्लान्। तर, साध्य हैन। यी मुद्दाको दुहाई दिएर काम गर्न नसके पनि सत्तामा टासीरहने छुट माओवादीलाई हुँदैन। देशलाई परिवर्तन गर्ने युद्धको नेतृत्व गरेँ भन्दैमा राजनीतिमा नातावाद र कृपावाद चलाउने छुट प्रचण्डले पाउँदैनन्। अन्य नेता पनि प्रचण्डले झैँ आफन्त च्याप्ने काममा लाग्नु त माओवादीको लागि झनै घातक हुन्छ। तर, जनताको दुहाई दिँदै माओवादी अधिकांश समय सरकारमा रहेको छ। तीनपटक त सरकारको नेतृत्व नै गरिसकेको छ। तर, लोडसेडिङ हटाउने बाहेक जनतामा छाप छोड्ने कुनै काम गर्न सकेको छैन। कम्युनिस्ट सिद्धान्त र दर्शनको वकालत पनि निरन्तर गर्नु छ अनि निरन्तर सत्ताको स्वाद पनि चाख्नु छ। निरन्तर शक्ति गुमाउँदै गएको माओवादी निकै दोसाँधमा छ, जो क्रान्तिको कुरा गर्न छोड्दैन। दुर्भाग्य सत्ता पनि त्याग्न सक्दैन। 

शान्ति प्रक्रियामा आउँदै गर्दा प्रचण्डलगायत अन्य माओवादी कार्यकर्ता आफ्नो पार्टीको अगाडि महान् र गौरवशाली जस्ता विशेषण झुन्ड्याउँथे। अहिले माओवादीमा महान् र गौरवशाली कुरा इतिहास भइसकेको छ। उनीहरू संसदीय राजनीतिको विरोध गर्दागर्दै यसको दलदलैमा चुर्लुम्मै भास्सिएको पत्तै पाएनन्। यसरी मार्क्सवादको भजन गाउन त मिल्ला तर परिणाम भने दिँदैन।

प्रकाशित: Dec 14, 2022| 09:44 बुधबार, मंसिर २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सहकारीमा सुशासन र स्वनियमन

सहकारीमा सुशासन र स्वनियमन

सहकारीलाई व्यवस्थित, मर्यादित र प्रभावकारी रुपमा सञ्चालन गराउनेतर्फ सबै उत्तिकै जिम्मेवार हुन जरुरी छ। भविष्यमा पनि यस्ता समस्या दोहोरिन नदिन सरकार, सहकारी र निजी क्षेत्रले...
पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

माओवादी नेतामा विकसित व्यक्तिवादी मनोविज्ञानले उनीहरूलाई गणेश बनाएको छ। उनीहरू गाउँमा गएर कार्यकर्ता तथा जनतासँग घुलमिल गर्नु भन्दा पनि प्रचण्डलाई महादेव मानेर परिक्रमा लगाउन तल्लिन...
उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

'नेबरहुड फर्स्ट' को नीति लिएको भारतले नेपालसँग 'विशेष सम्बन्ध' रहेको सार्वजनिक स्वीकार्यको विषय नै बनेको छ। यद्यपि बेलाबेला नेपाल-भारत सम्बन्धमा निकै ठूला उतारचढावहरु पनि आउने...
अंक र अनुहारमा अल्झेको समावेशीकरण

अंक र अनुहारमा अल्झेको समावेशीकरण

प्राविधिक पक्षलाई ध्यान दिएर संख्या परिपूर्ति गर्दा पनि केही न केही लाभ सिमान्तकृत तथा पिछडिएको वर्ग, समुदाय र लिंगलाई हुन्छ नै तर जुन गतिमा उनीहरुको...
अराजकवादी राष्ट्रवाद र ओली प्रवृत्ति

अराजकवादी राष्ट्रवाद र ओली प्रवृत्ति

भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयललाई २०७७ कात्तिक ४ गते मध्यरातमा बालुवाटारमा स्वागत गरेका थिए ओलीले। गोयलसँग गरेको गुपचुप वार्तामा के कुरा भयो,...