शुक्रबार, फागुन २९, २०८२

२८ करोडमा निर्माण गरिएको होल्डिङ सेन्टर अलपत्र

सरकारले २५ असार २०७८ देखि वीरगञ्ज भन्सार कार्यालयको पश्चिमपट्टिको गोदाम नजिक करिब दुई बिघा जग्गामा होल्डिङ सेन्टर निर्माण सुरु गरेको थियो।
 |  मंगलबार, मंसिर २७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २७, २०७९

पर्सा– कोरोना महामारीको समय भारतबाट नेपाल भित्रिने यात्रुलाई लक्षित गरी निर्माण गरिएको वीरगञ्जस्थित होल्डिङ सेन्टर अलपत्र परेको छ। तत्कालीन समय विद्यालय तथा कलेजमा क्वारेन्टिन बनाउँदा चर्को आलोचना भएपछि सरकारले ५ वैशाख २०७८ मा मुलुकका विभिन्न आठ नाकामा होल्डिङ सेन्टर निर्माण सुरु गरेको थियो।  

National life

सरकारले २५ असार २०७८ देखि वीरगञ्ज भन्सार कार्यालयको पश्चिमपट्टिको गोदाम नजिक करिब दुई बिघा जग्गामा होल्डिङ सेन्टर निर्माण सुरु गरेको थियो। नेपाली सेनाको व्यवस्थापकीय जिम्मेवारीमा हनुमान कन्स्ट्रक्सनले होल्डिङ सेन्टर निर्माणका लागि ठेक्का पाएको थियो। निर्माण सुरु भएको ९ महिना अर्थात् २०७८ चैत मसान्तमा होल्डिङ सेन्टरको निर्माण सकिएको थियो। 

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले होल्डिङ सेन्टर सरकारले सञ्चालनको निर्णय गरेपछि हस्तान्तरण हुने बताए।उनका अनुसार होल्डिङ सेन्टरमा रु २८ करोड लगानी भएको छ भने ६० वटा भवन छन्। जसमा १३ वटा भान्सा घर, २२ वटा शौचालय तथा एक हजार बढी मानिस अट्ने २२ वटा क्वारेन्टिन भवन छन्। 

क्वारेन्टिनमा ९०० शय्यामा सामान्य लक्षण भएकालाई राखिने र बाँकी एक सय शय्यामा जटिल अवस्थाका बिरामीलाई राखिनेछ। साथै, सरकारी प्रतिनिधिका लागि तीनवटा एसीसहितका भवन निर्माण गरिएको छ। 

निर्माण कम्पनीका साइट इन्चार्ज विशाल दाहालका अनुसार होल्डिङ सेन्टर हस्तान्तरणमा ढिलाइका कारण आर्थिक तथा सुरक्षाको चुनौती थपिएको छ। सेन्टरबाट केही समयअघि १६ वटा पंखा चोरी भएको थियो। हाल होल्डिङ सेन्टरमा दुई सशस्त्र प्रहरी र एक नेपाल प्रहरीले सुरक्षार्थ खटाइएको छ।–रासस

Laxmi sunrise bank
kumari

प्रकाशित: Dec 13, 2022| 19:50 मंगलबार, मंसिर २७, २०७९
प्रतिक्रिया दिनुहोस्