शुक्रबार, साउन २, २०८२

जाजरकोट जिप दुर्घटना अपडेट : मृतक संख्या १२ पुग्यो

जाजरकोटमा सोमबार भएको जिप दुर्घटनामा १२ जनाको मृत्यु भएको छ।
 |  मंगलबार, मंसिर २७, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २७, २०७९

vianetvianet

काठमाडौं- जाजरकोटमा सोमबार भएको जिप दुर्घटनामा १२ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष निरौलाले उपचारका लागि लगिएका थप एक घाइते जयलाल अधिकारीको पनि बाटोमै मृत्यु भएको बताए।

छेडागाड नगरपालिका–५ मा सोमबार अपराह्न ४ बजे कर्णाली प्रदेश ०२००१ च ०४२९ नम्बरको जिप दुर्घटनामा परेको थियो। दुर्घटनामा ८ जनाको घटनास्थलमै मृत्यु भएको थियो।

घाइते तीन जनालाई उद्दार गरी उपचारका लागि सुर्खेत पठाइएको थियो। घाइतेको बाटोमै मृत्यु भएको डिएसपी निरौलाले बताए।

दुर्घटनामा दैलेखको भगवती माई गाउँपालिका–२ का ३५ वर्षीय चालक मानबहादुर बस्नेत, वडा नम्बर ३ का २८ वर्षीय वीरेन्द्र केसी, ३१ वर्षीय अम्मरबहादुर खड्का, जाजरकोटको छेडागाड नगरपालिका ६ का ३५ वर्षीय वीरबहादुर खत्री, वडा नम्बर ५ का ३३ वर्षीया जयकुवारा बुढा, ३२ वर्षीया नैनसरा अधिकारी, ३१ वर्षीय रामबहादुर बुढा, ३८ वर्षीय दीपक अधिकारी, उनकी छोरी ४ वर्षीया निशा अधिकारी, ३६ वर्षीया देवीसरा बुढा, ४२ वर्षीय अम्मर अधिकारी र ४८ वर्षीय जयलाल अधिकारीको मृत्यु भएको हो।

४ वर्षीय निशासहित अम्मर अधिकारी र जयलाल अधिकारीको उपचारका लागि लैजादै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ। अरु ८ जनाको घटनास्थलमै मृत्यु भएको हो।

छेडागाड नगरपालिका–४ स्थित खातीजेवामा भएको विवाहको लागि रिजर्भ गरिएको जिप भिरपाटीमा दुर्घटनामा परेको हो।

विवाह भोजमा सहभागी एकजना जन्ती बिरामी परेपछि उनलाई उपचारका लागि नगर अस्पताल बडावनमा लैँजादै गर्दा छेडागाड–४ र ५ मा पर्ने भिरबाटीमा उक्त जिप दुर्घटनामा परेको हो।

प्रकाशित: Dec 13, 2022| 10:06 मंगलबार, मंसिर २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।