शुक्रबार, वैशाख २५, २०८३

दुई आयुर्वेदिक औषधी प्रयोग नगर्न विभागको आग्रह

औषधि व्यवस्था विभागले दुई प्रकारका आयुर्वेदिक औषधिको बिक्री वितरणमा रोक लगाएको छ।
 |  मंगलबार, मंसिर २७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २७, २०७९

काठमाडौं- औषधि व्यवस्था विभागले दुई प्रकारका आयुर्वेदिक औषधिको बिक्री वितरणमा रोक लगाएको छ। 

National life

नमुना परीक्षण गर्दा गुणस्तरहीन पाइएको भन्दै विभागले औषधीको बिक्री वितरण रोक्का गरेर बजारबाट फिर्ता गर्न निर्देशन दिएको हो। 

विभागले सार्वजनिक सूचना जारी गर्दै गोर्खा आयुर्वेद कम्पनीले उत्पादन गरेको अविपत्तिकर चूर्ण एक सय ग्राम र भाष्कर हर्वास्युटिकल्स वीरगञ्जले उत्पादन गरेको निर्मल चूर्ण एक सय ग्रामको औषधि गुणस्तरहीन भेटिएको जनाएको हो। 

बिक्रीका लागि बजारमा पठाइएका सबै औषधी फिर्ता ल्याउन निर्देशन दिँदै विभागले औषधीको प्रयोग नगर्न र नगराउन पनि सर्वसाधारणलाई सचेत गराएको छ। दुवै औषधिमा खराबी देखिएको र स्वास्थ्यमा गम्भीर असर पुग्न सक्ने विभागले सूचनामा उल्लेख गरेको छ। 

प्रकाशित: Dec 13, 2022| 10:00 मंगलबार, मंसिर २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।