धनगढी- सुदूरपश्चिम विश्वविद्यालयमा स्ववियुको निर्वाचन गर्न विद्यार्थी संगठनहरुले माग गरेका छन्। सोमबार विद्यार्थी संगठनहरुले एक विज्ञप्ति जारी गर्दै उक्त माग राखिएको हो।
त्रीवीले स्ववियुको निर्वाचन फागुन १४ मा गर्ने निर्णय गरेको र यस विश्वविद्यालयले पनि निर्णय गर्न उनीहरुले माग गरेका छन्। यस्तै संगठनहरुले कैलाली बहुमुखी क्याम्पसमा बिना सूचना करारमा शिक्षक राख्ने निर्णय पनि र्फिता लिन माग गरेका छन्।