अर्घाखाँची- अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा आफैँले चलाएको ट्याक्टरले किच्दा एक जनाको ज्यान गएको छ। लु४त १२२ नम्बरको ट्याक्टर पल्टिंदा ३५ वर्षीय चालक ठाकुर पाण्डेको ज्यान गएको प्रहरीले जनाएको छ।
भुमिकास्थान नगरपालिका वडा नम्बर–२, खाकाबेसीबाट ढाकाबाङ जाने क्रममा ट्याक्टर सडकबाट खसेको थियो।