शुक्रबार, वैशाख २५, २०८३

ऐलानी जग्गामा बनेका घरटहरा हटाउन ३५ दिने सूचना

शारदा नगरपालिकाले श्रीनगरको बसपार्क क्षेत्रमा ऐलानी जग्गामा बनाइएका घरटहरा हटाउन ३५ दिने सूचना जारी गरेको छ।
 |  मंगलबार, मंसिर २७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २७, २०७९

सल्यान- शारदा नगरपालिकाले श्रीनगरको बसपार्क क्षेत्रमा ऐलानी जग्गामा बनाइएका घरटहरा हटाउन ३५ दिने सूचना जारी गरेको छ। बसपार्क व्यवस्थित बनाउन भन्दै नगरपालिकाले ऐलानी जग्गामा भएका घरटहरा हटाउन अल्टिमेटम दिएको हो।

National life

श्रीनगर बजार नजिक रहेको सरकारी पर्ती ऐलानी जग्गामा आधुनिक बसपार्क निर्माणका लागि अस्थायी बसपार्कको वरपरका घरटहरा हटाउन आग्रह गरेको नगरपालिकाले जनाएको छ। मंसिर १५ गते बसेको शारदा नगर कार्यपालिकाको बैठकले ऐलानी जग्गामा भएका घरटहरा हटाएर बसपार्क विस्तार गर्ने निर्णय गरेको हो।

शारदा नगरपालिका १ अन्तर्गतको अस्थायी बसपार्क क्षेत्र वरपर ऐलानी जग्गामा व्यापारिक प्रयोजनका लागि ७५ बढी घरटहरा बनाइएका छन्। नगरपालिकाले तोकिएको मितिभित्र घर टहरा नहटाए नियमानुसार कारबाही अघि बढाउने चेतावनीसमेत दिएको छ। 

यसअघि २०७६ पनि शारदा नगरपालिकाले बसपार्क निर्माण गर्ने भन्दै १५ दिनको सूचना जारी गरेको थियो।

प्रकाशित: Dec 13, 2022| 07:56 मंगलबार, मंसिर २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।